शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

दुईदिनको गिरावटपछि सुनको मूल्य पुन: उकालो, एक हजार सातसयले बढ्दा हालसम्मकै उच्च

मंगलबार, जेठ २२ २०८१
दुईदिनको गिरावटपछि सुनको मूल्य पुन: उकालो, एक हजार सातसयले बढ्दा हालसम्मकै उच्च

मंगलबार सुन प्रतितोला एक हजार ७ सय रूपैयाँले बढेर कीर्तिमानी बिन्दुमा पुग्दा चाँदीको मूल्य पनि प्रतितोला २५ रूपैयाँले वृद्धि भएको छ।

काठमाडौं- नेपाली बजारमा यो साता आइतबार र सोमबार दुईदिन घटेको सुनको मूल्य पुन: उकालो लागेको छ। 

गएको साता शुक्रबार हालसम्मकै उच्च प्रतितोला एक लाख ४२ हजार दुईसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य यो साता लगातार दुईदिनको गिरावटपछि मंगलबार पुन: कीर्तिमानी बिन्दुमा पुगेको छ। 

मंगलबार तोलामा एक हजार सातसय रूपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार सातसय रूपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यस्तै तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार रूपैयाँ कायम छ।

सोमबार प्रतितोला १५ रूपैयाँले घटेको चाँदीको मूल्य पनि मंगलबार प्रतितोला २५ रूपैयाँले वृद्धि भएको छ। 

मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला एक हजार ८ सय ६० रूपैयाँ तोकिएको छ।

सोमबार चाँदी प्रतितोला एक हजार ८ सय ३५ रूपैयाँ र सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : मंगलबार, जेठ २२ २०८११०:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend