शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

सिटिजन्स बैंकद्वारा महादेवा गाउँपालिकाका अग्निपीडितलाई राहत वितरण

सोमबार, जेठ २१ २०८१
सिटिजन्स बैंकद्वारा महादेवा गाउँपालिकाका अग्निपीडितलाई राहत वितरण

हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जनाएको छ।

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सप्तरी राजविराजस्थित महादेवा गाउँपालिकाको चिमटी टोलका ४६ घर धुरी अग्निपीडितहरुलाई राहतस्वरुप खाद्यान्न सामग्रीलगायत लत्ता कपडाहरू वितरण गरेको छ।

गत बैशाख १८ गते भएको आगलागीबाट ती परिवारका घर तथा चौपायाहरु जलेर नष्ट भएका थिए। घर जलेर घरबारविहीन भएका परिवारहरुलाई सानै भएता पनि सहयोग गर्न पाँउदा पिडितहरुको दिनचर्यामा केही दिनको लागि भएपनि सहजता आउने विश्वास बैंकले लिएको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सहयोग गरेको हो। वितरण गरिएको खाद्यान्न सामग्रीमा चामल, दाल, आलु, प्याज, तेल, सोयाबिन र अन्य लत्ता कपडाहरूमा पाल, सारी तथा गम्छा रहेको छ।

बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने योजना रहेको जनाएको छ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १ सय ९० वटा शाखा, १ सय ५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १७ लाख ४५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदानगर्दै आएको छ।

हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जनाएको छ।


प्रकाशित : सोमबार, जेठ २१ २०८११८:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend