शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

प्रभु बैंक लिमिटेड र यूएसएड ट्रेडबीच सम्झौता

सोमबार, जेठ २१ २०८१
प्रभु बैंक लिमिटेड र यूएसएड ट्रेडबीच सम्झौता

सम्झौताअनुसार नेपालको अर्थतन्त्रलाई दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरुमा उपलब्धता र पहुँच बढाउनलगायत काम गर्ने साझा लक्ष्य रहेको छ।

काठमाडौं- प्रभु बैंक लिमिटेड र यूएसएड ट्रेड एण्ड कम्पिटिटीभनेसबीच सम्झौता भएको छ।

स्वदेशमै रोजगारीको सिर्जना गर्न कृषि तथा पर्यटन व्यवसाय गर्ने व्यवसायीहरुको विकासमा सहयोग पुग्ने गरी बागमती प्रदेशमा सञ्चालन गरिने 'इम्पावरिङ एग्रो एण्ड टुरिजम इन्डस्ट्री फर सस्टेनेबल ग्रोथ फर फ्युचर नेपाल' नामक परियोजनाका लागि बैंक र यूएसएड ट्रेडबीच सम्झौता भएको हो।

उक्त सम्झौता पत्रमा यूएसएड ट्रेडका तर्फबाट प्रतिनिधि मार्कस मुलरले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेको बैंकले जनाएको छ।

सम्झौताअनुसार नेपालको अर्थतन्त्रलाई दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरुमा उपलब्धता र पहुँच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरुका लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरुलाई प्रोत्साहन गर्न विशेष गरी कृषि र पर्यटन क्षेत्रहरुमा काम गर्ने साझा लक्ष्य रहेको छ।


प्रकाशित : सोमबार, जेठ २१ २०८११८:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend