शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

डिशहोम फाइबरनेटले इन्टरनेट र डिटीएच ग्राहकहरुका लागि ल्यायो विशेष 'स्मार्ट अफर'

सोमबार, जेठ २१ २०८१
डिशहोम फाइबरनेटले इन्टरनेट र डिटीएच ग्राहकहरुका लागि ल्यायो विशेष 'स्मार्ट अफर'

यस अफरअन्तर्गत ग्राहकहरूले अब नयाँ इन्टरनेट र डिटीएच जडानहरू वा नवीकरणहरूमा विशेष अफरहरूको मजा लिन सक्नेछन्।

काठमाडौं- डिशहोम फाइबरनेटले आफ्नो विशेष 'स्मार्ट अफर' सार्वजनिक गरेको छ।

ग्राहकको सन्तुष्टि अभिवृद्धि गर्न र राम्रो मूल्य प्रदान गर्नका लागि डिशहोमले उक्त अफर ल्याएको हो, जसमार्फत इन्टरनेट र डिटीएच (टीभी) सेवाहरूमा विभिन्न उपभोक्ता उत्पादनहरूमा उल्लेखनीय छुटहरू प्रदान गर्दैछ।

यस अफरअन्तर्गत ग्राहकहरूले अब नयाँ इन्टरनेट र डिटीएच जडानहरू वा नवीकरणहरूमा विशेष अफरहरूको मजा लिन सक्नेछन्। ३ हजार ३ सय ५० रूपैयाँ पर्ने मिभी डुओपोड्स के६ एअरबड्स यो अफरमा भने ग्राहकहरुले मात्र १ हजार ६ सय ४९ रूपैयाँमा पाउन सक्नेछन्। त्यस्तै ९ हजार ९ सय ९९ पर्ने फायर-बोल्ट ग्लेडिएटर स्मार्टवाच यो अफरमा मात्र २ हजार ९ सय ९९ रूपैयाँमा लिन सक्ने कम्पनीले जनाएको छ।

डिजिटल होम इन्टरनेशनल (डीएचआई) बाट सानादेखि ठूला होम अपलायनसेसमा विशेष छुट लिन सक्नेछन्।

कम्पनीका अनुसार एअरबड्स र स्मार्टवाच लिनको लागि न्यूनतम ६ महिना प्याकेजको साथ नयाँ डिशहोम फाइबरनेट वा डिटीएच कनेक्सन जडान गरेको हुनुपर्ने छ। अथवा आफूले चलाइरहेका डिशहोम फाइबरनेट वा डिटीएच कनेक्सको प्याकेज कम्तीमा ६ महिनाको लागि रिचार्ज गर्नुपर्ने छ।

होम अपलायनसेसमा भारी छुट लिनको लागि भने ग्राहकले १२ महिनाको इन्टरनेट वा डिटीएच नयाँ जडान वा रिचार्ज गरेको भएदेखि सबै डिएचआई प्रोडक्टहरुमा १८ प्रतिशत छुट पाउन सक्नेछन्। त्यस्तै २४ महिने इन्टरनेट प्याकेज नयाँ जडान वा रिचार्ज गर्दा भने २४ प्रतिशत छुट पाउने छन्।

यो विशेष अफरले डिशहोमका ग्राहकहरुका लागि मनोरञ्जन अनुभवलाई अपग्रेड मात्र गर्दैन, अत्यावश्यक घरेलु उपकरणहरूमा पनि पर्याप्त बचत प्रदान गर्ने कम्पनीले जनाएको छ। यस सीमित समयको अफरको फाइदा पनि आग्रह गरिएको छ।

स्मार्ट अफरका बारेमा थप जानकारीका लागि ग्राहकहरूले डिशहोम फाइबरनेटको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सक्छन्।


प्रकाशित : सोमबार, जेठ २१ २०८११६:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend