शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

एकदिनको वृद्धिपछि पुन: ओरालोतिरै सेयर बजार

सोमबार, जेठ २१ २०८१
एकदिनको वृद्धिपछि पुन: ओरालोतिरै सेयर बजार

काठमाडौं- गएको साता कमजोर देखिएको सेयर बजारमा यो साता पहिलो कारोबारमा आइतबार सुधारको संकेत देखिए पनि सोमबार पुन: बजार ओरालोतिरै लागेको छ। 

सेयर बजार गएको साता नै धरमर हुँदै ६१.९१ अंकले घटेको थियो। यो साता पहिलो कारोबारमा आइतबार १३.५१ अंकले बढेर २०८३.०४ बिन्दुमा पुगेको बजार सोमबार फेरि घटेको हो। 

सोमबार ३.९७ अंकले घटेर बजार २०७९.०७ बिन्दुमा झरेको छ। ११० कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब ४० लाख ७० हजार रुपैयाँको कारोबार भएको छ। 

उकालोतर्फ लाग्ने अपेक्षा गरिएको सेयर बजार कमजोर देखिइरहँदा आम लगानीकर्ता वृद्धितर्फको आशमा रहे पनि बजार सुधारतर्फ जान सकेको छैन। लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहँदा स्थायी सुधारको आधार स्पष्ट देखिँदैन। 

गएको साता आइतबार २२.१४ अंकले घटेको बजार सोमबार ३.९३ अंकले बढेको थियो। मंगलबारको बजेट भाषणपछि बुधबार पुन: बजार २३.८१ अंकले घट्यो। बिहिबार १९.८९ अंकले घटेर बजार २०६९.५३ बिन्दुमा झरेको थियो। 

सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै ओरालो गति नै बढी देखिएको बजारले सुधारतर्फको संकेत गरे पनि त्यो निरन्तर हुन सकेको छैन। उतारचढावबीच लगातार ओरालो लागिरहेको सेयर बजार उल्लेख्य वृद्धितर्फ जाने आशमा लगानीकर्ताहरू रहेका छन्।

स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न धरमर गरिरहँदा संगठित लगानीकर्ताहरू बजार बढाउने जोडबलमा छन्। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन भने सकेको देखिँदैन।


प्रकाशित : सोमबार, जेठ २१ २०८११५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend