शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

वाइडबडी सी-चेक प्रकरण : कमिसनका लागि युरोपियन कम्पनी भित्र्याउन अनावश्यक म्याद थप

images
सोमबार, जेठ २१ २०८१
images
images
वाइडबडी सी-चेक प्रकरण : कमिसनका लागि युरोपियन कम्पनी भित्र्याउन अनावश्यक म्याद थप

कमिसनको हिसाब नमिल्दा रुमल्लियो वाइडबडीको सीचेकका लागि कम्पनी छनोट प्रक्रिया

images
images

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को दुईवटा वाइडबडी ए ३३० जहाज अहिले अन्तर्राष्ट्रिय उडानमा छ। दुईवटै जहाजको सी-चेकको समय नजिकिँदै छ तर कमिसनको हिसाब नमिल्दा टेन्डर प्रक्रिया लम्ब्याउने काम भइरहेको छ। जसका कारण वाइडबडी जहाज ग्राउन्डेड हुने च्रक सुरु हुँदै छ।

images
images
images

निगमको दुईवटामध्ये एउटा वाइडबडी नाइनएन एएलवाई जुन २५ बाट नियमित उडानमा रहन पाउँदैन भने अर्को वाइडबडी एएलजेट जुलाई २४ बाट उडानमा रहने छैन। दुबै जहाजको नियमित रुपमा दुई/दुई वर्षमा हुने पर्ने सी-चेकको काम समयमा नै नहुने निश्चित भएसँगै जहाजको ग्राउन्डेड च्रक सुरु हुँदै छ।

जहाज यो समयमा सी-चेकका लागि जाने छ भन्ने विषय दुईवर्ष अगाडि नै निश्चित भएको हो। निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीले अन्तिम समयमा कम्पनी छनोट गर्दा कमिसन बढी आउने भन्दै १८ महिनासम्म कुनै काम सुरु गरेनन्। अधिकारीकै लापरबाहीका कारण निगमको वाइडबडी जहाज ग्राउन्डेड हुँदै छ। 

images

निगमको वाइडबडी जहाज एकदिन ग्राउन्डेड हुँदामात्रै साढे १ करोड रुपैयाँभन्दा बढी आम्दानी गुम्छ। दुईवटै वाइडबडी ग्राउन्डेड हुँदा दैनिक ३ करोड रुपैयाँ आम्दानी गुम्छ। तर अधिकारीले संस्थाको घाटाभन्दा आफ्नो लाभका लागि कम्पनी छनोट प्रक्रिया नै लम्ब्याएका छन्।

images

कार्यकारी अध्यक्ष अधिकारीले जेठ ४ गते तेस्रोपटक १५ दिनको समय दिएर प्रकाशित गरेको टेन्डरमा अन्तिम समयमा आएर ७ दिनको समय थप गरेका छन्। तोकिएको समय अविधिमा नै दुईवटा कम्पनीले आवेदन दिएका थिए। आवेदन दिनेमा इटालियन र चिनियाँ कम्पनी थिए। तेस्रो पटकको ठेक्कामा ग्रान्ड चाइना एभिएसन र इटालियन कम्पनी एटिटेक एसपीए सहभागी भएका थिए। जेठ २० गते बोलपत्र खोल्ल तयारी भएरहेकै बेला उनले पुन: ७ दिनको समय थप गर्ने निर्णय गरेका हुन्। 

जब कि समय थप नै नगरी सहभागी दुईवटा कम्पनीहरूको प्रस्ताव मूल्यांकन गरेर कम्पनी छनोट गर्न सकिने थियो। तर इटालियन कम्पनीसँग पहिले नै कमिसन लिएर काम गर्न लागेको विषय बाहिर आएको र कमिसनको हिसाबकिताब नमिलेपछि अधिकारी उक्त कम्पनीलाई ठेक्का नदिने मोडमा पुगेका थिए। 

अहिले सहभागी कम्पनीमध्ये चिनियाँ कम्पनीले ठेक्का पाउने निश्चित भएको र उक्त कम्पनीबाट कमिसन नआउने भएपछि अधिकारीले फेरि ७ दिनको समय थप गरेका छन्। थप गरिएको समयमा अधिकारीले जर्मन कम्पनी लुफ्थान्सा र टर्किस एयरलाइन्सलाई टेन्डरमा सहभागी गराउने खेलमा लागेका छन्।

अधिकारीले टर्किस एरलाइन्सलाई काम दिने गरी भेटघाटलाई तीब्रता दिएका छन्। कम्पनी छनोटबाट आफूलाई आउने कमिसनको पछि लागेका अधिकारीले निगमको नाफा घाटालाई पनि केही मतलब गरेका छैनन्।

कम्पनी छनोट प्रक्रियामा अलमल

कमिसनको चक्करमा सार्वजनिक खरिद नियमावली, नेपाल वायुसेवा निगम आर्थिक विनियमको उल्लंघन गर्दै कार्यकारी अध्यक्ष अधिकारी सेटिङमा लागेको विषय पटकपटक गरी थप भएको समयबाट थाहा हुन्छ। जेठ ४ गते गरेको टेन्डरमा दुईवटा कम्पनी सहभागी भइसक्दा पनि अधिकारीले अन्तिम समयमा आएर समय थप गरेका हुन्। 

निगमले जहाज सी-चेकका लागि भन्दै कम्पनी छनोट प्रक्रिया २०२४ को फेब्रुअरी १४ बाट सुरु गरेको थियो। सुरुमा ४५ दिनको समय दिएर कम्पनी छनोटका लागि प्रस्ताव माग गरिएको थियो। उक्त समयमा एउटा मात्रै कम्पनीको आवेदन आएपछि पुन: मार्च ३० मा १५ दिनको समय थप गरिएको थियो।

थप भएको समयमा समेत गरी दुईवटा कम्पनीले आवेदन दिएका थिए। जसमा स्ट्राटेजिक एभिएसन र एटिटेक एसपीए कम्पनीले प्रस्ताव पेस गरेका थिए। एटिटेक एसपीए नामको इटालियन कम्पनीलाई ठेक्का दिने सेटिङ अध्यक्ष अधिकारीले गरेका थिए। उक्त कम्पनीसँगको सेटिङ बिग्रिएपछि फेरि तेस्रो पटकको टेन्डरको समय लम्ब्याएका हुन्।

तर मूल्यांकन कमिटीले प्रस्ताव पेस गर्ने दुईवटै कम्पनी अयोग्य ठहर गरिदिएका थिए। अधिकारीले पहिले नै एटिटेकलाई सी-चेकको काम दिने गरी काम गरेका थिए। मूल्यांकन कमिटीको कारण अधिकारीलाई धक्का लागेको छ। अब फेरि भएको टेन्डरमार्फत त्यही कम्पनीले काम पाउने छ।  

जहाज समयमा नै सी-चेक गर्न नसकेको अवस्थामा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सुरक्षा अवस्थाको विश्लेषणपछि केही समय थप गर्न सकिने व्यवस्था भएको र त्यसका लागि अनुरोध गर्ने कामसमेत भएको थियो। तर प्राधिकरणले त्यो सम्भव नभएको बताइसकेको छ। जसका कारण निगमका दुईवटै वाइडबडी ग्राउन्डेड हुने भएको छ। जहाज यो मितिमा सी-चेकमा पठाउनु पर्ने निश्चित हुँदा पनि कम्पनी छनोट नगरेर निगमलाई घाटा पुर्‍याउने खेल कार्यकारी अध्यक्ष अधिकारीबाट भएको निगम स्रोतको दाबी छ।

निगम व्यवस्थापनको चरम लापरबाही : न्यारोबडी जहाजपछि वाइडबडी ग्राउन्डेडको चक्र सुरु हुँदै निगम व्यवस्थापनको चरम लापरबाही : न्यारोबडी जहाजपछि वाइडबडी ग्राउन्डेडको चक्र सुरु हुँदै


प्रकाशित : सोमबार, जेठ २१ २०८११४:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend