आइतबार, भदौ २३ गते २०८१    
images
images

निगम व्यवस्थापनको चरम लापरबाही : न्यारोबडी जहाजपछि वाइडबडी ग्राउन्डेडको चक्र सुरु हुँदै

सी चेकका लागि कम्पनी छनोटमा मनपरी, सेटिङको कम्पनी अयोग्य ठहर

images
बिहीबार , जेठ ३ २०८१
images
images
निगम व्यवस्थापनको चरम लापरबाही : न्यारोबडी जहाजपछि वाइडबडी ग्राउन्डेडको चक्र सुरु हुँदै

अहिले जसरी काम भइरहेको छ सोही हिसाबले हेर्ने हो भने जुन २५ होइन जुलाई २४ सम्म पनि जहाज सी चेकका लागि कम्पनी छनोटको सम्भावना छैन।

images
images

काठमाडौं- नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी तथा उच्च व्यवस्थापनको लापरबाहीका कारण जुन २५ देखि निगमको एउटा वाइडबडी र जुलाई २४ देखि अर्को जहाज ग्राउन्डेड हुने भएको छ।

images
images
images

२०२१ को डिसेम्बरपछि इन्जिन मर्मतमा लापरबाही हुँदा दुईवटा न्यारोबडी जहाजमध्ये एउटा जहाज २०२४ को अप्रिल २८ सम्म सधैँजसो ग्राउन्डेड थियो।

अहिले दुईवटै न्यारोबडी नियमित उडानमा रहेपनि एउटामा भने भाडाको इन्जिन प्रयोग भइरहेको छ। २०२३ को नोभेम्बरमा बिग्रिएको न्यारोबडी ए ३२० कलसाइन नाइन एन-एकेएक्सको एउटा इन्जिन अझै मर्मत सुरु भएको छैन। न्यारोबडी जहाजको ग्राउन्डेड श्रृंखला अन्त्य भएपनि फेरि ए ३३० वाइडबडी जहाज ग्राउन्डेड हुने निश्चित भएको छ।

निगमले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेको दुईवटै वाइडबडीको सम्पूर्ण जाँच हुने 'सी चेक'को तेस्रो पटकको समय आइसकेको छ। तर सी चेकका लागि कम्पनी छनोट भएको छैन। निगमको वाइडबडी नाइन एन एएलवाई जुन २५ र नाइन एन एएलजेटको अनिवार्य सी चेक समय जुलाई २४ हो। अहिलेसम्म यसका लागि कम्पनी छनोट भएको छैन।

images

यी जहाज सी चेकका लागि जाने समय दुई वर्षअगाडि नै थाहा थियो तर निगम व्यवस्थापनले १८ महिनसम्म जहाजको सी चेकका लागि कम्पनी छनोट प्रक्रिया सुरु गरेन। निगम व्यवस्थापनले अन्तिम समयमा टेन्डर गरेर हतार हतारमा आर्थिक लाभ लिने र कम्पनी छनोट प्रक्रिया सुरु गरेको थियो।

कम्पनी छनोटका लागि पहिलो पटक भएको टेन्डर तथा १५ दिनको थप समयमा प्रस्ताव पेस गरेका कम्पनी अयोग्य भएसँगै पुन: दोस्रोपटक टेन्डर गर्न परेको निगम स्रोतको दाबी छ। अहिले जसरी काम भइरहेको छ सोही हिसाबले हेर्ने हो भने जुन २५ होइन जुलाई २४ सम्म पनि जहाज सी चेकका लागि कम्पनी छनोटको सम्भावना छैन। 

त्यसका पनि वाइडबडी जहाज खरिदमा सहभागी हुँदा कर्मचारीलाई समेत भ्रष्टाचारको मुद्दा दर्ता गरेका कारण खरिद प्रक्रियामा कर्मचारीहरू सहभागी हुन डराइरहेका छन्। निगम स्रोतका अनुसार माथिबाट सेटिङमा कम्पनी छनोट हुने प्रक्रियमा सहभागी भएर जागिर धरापमा राख्न कोही पनि कर्मचारी तयार छैनन्।

feb 14.png

निगमले जहाज सी चेकका लागि भन्दै कम्पनी छनोट प्रक्रिया २०२४ को फेब्रुअरी १४ बाट सुरु गरेको थियो। सुरुमा ४५ दिनको समय दिएर कम्पनी छनोटका लागि प्रस्ताव माग गरिएको थियो।

उक्त समयमा एउटा मात्रै कम्पनीको आवेदन आएपछि पुन मार्च ३० मा १५ दिनको समय थप गरिएको थियो। थप भएको समयमा समेत गरी दुईवटा कम्पनीले आवेदन दिएका थिए।

march.png

जसमा स्ट्राटेजिक एभिएसन र एटिटेक एस.पी.ए. कम्पनीले प्रस्ताव पेस गरेका थिए। एटिटेक एसपीए नामको इटालियन कम्पनीलाई ठेक्का दिने सेटिङ अध्यक्ष अधिकारीले गरेका थिए।

तर मूल्यांकन कमिटीले प्रस्ताव पेस गर्ने दुईवटै कम्पनी अयोग्य ठहर गरिदिएका छन्। अधिकारीले पहिले नै एटिटेकलाई सी चेकको काम दिने गरी काम गरेका थिए। मूल्यांकन कमिटीको कारण अधिकारीलाई धक्का लागेको छ। फेरि केही दिनमै जहाजको सीचेकका लागि कम्पनी छनोटका लागि टेन्डर गरिने तयारी भएको छ।

यसपटक भने १५ दिनको मात्रै समय दिने तयारी भएको छ। तर १५ दिनको समय दिएपनि कम्पनी छनोटका काम छिटो गर्दा पनि तीन महिनासम्म लाग्ने निमग स्रोतको दाबी छ। तीन महिना अगाडि नै सुरु भएको प्रक्रिया बल्ल योग्यता नपुगेको भन्दै रद्द भएको छ।

अब नयाँ प्रक्रियाबाट जति छिटो गरेपनि साढे दुई महिनादेखि तीन महिना लाग्ने छ। त्यसका पनि ठूलो खरिद भएका कारण कम्पनी छनोटको विषय संसदीय समितिसम्म पुगेको अवस्थामा झन ढिला हुने छ। जसका कारण निगमको वाइडबडी जहाज ग्राउन्डेडको च्रक सुरु हुने छ।

जहाज समयमा नै सी चेक गर्न नसकेको अवस्थामा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सुरक्षा अवस्थाको विश्लेषणपछि केही समय थप गर्न सकिने व्यवस्था भएपनि त्यसका लागि अनुरोध गर्ने समय समेत गइसकेको छ। जसका कारण निगमका दुईवटै वाइडबडी ग्राउन्डेड हुने भएको छ।

एउटा वाइडबडी ग्राउन्डेड हुँदा निगमले दैनिक साढै १ करोड रुपैयाँभन्दा बढी आम्दानी गुमाउने छ। यसका लागि निगमले एक वर्ष अगाडि नै कम्पनी छनोट प्रक्रिया सुरु गर्नु पर्ने थियो। जहाज यो मितिमा सी चेकमा पठाउनु पर्ने निश्चित हुँदा पनि कम्पनी छनोट नगरेर निगमलाई घाटा गराउने खेल अध्यक्ष अधिकारीबाट भएको निगम स्रोतको दाबी छ।


प्रकाशित : बिहीबार , जेठ ३ २०८१०५:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend