शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

हिमाल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

सोमबार, जेठ २१ २०८१
हिमाल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

प्रभु बैंकले नेपालभर रहेका आफ्ना ३ सय २ शाखा कार्यालयमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा दिइरहेको छ।

काठमाडौं- प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले काठमाडौंको ज्ञानेश्वरस्थित हिमाल हस्पिटलका सेवासुविधामा विशेष छुट पाउने भएका छन्।

प्रभु बैंक र हिमाल हस्पिटलबीच छुट प्रदान गर्ने सम्झौता भएको हो। एक समारोहका बिच हस्पिटलका व्यवस्थापकीय निर्देशक नविन ताम्ली र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारले उक्त हस्पिटलमा उपचार सेवा लिँदा अन्तरंग तथा बहिरंग सेवामा ओपिडि टिकटबाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा १० देखी २० प्रतिशत तथा शल्यक्रिया शुल्कमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंकको मान्य डेबिट/क्रेडिट कार्ड तथा प्रिभिलेज कार्डमध्ये कुनै एक हिमाल हस्पिटलमा पेस गर्नुपर्ने बैंकले जनाएको छ।

प्रभु बैंकले नेपालभर रहेका आफ्ना ३ सय २ शाखा कार्यालयहरु, २ सय ८५ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ।


प्रकाशित : सोमबार, जेठ २१ २०८११२:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend