शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

प्रतितोला एक हजार रूपैयाँले घट्यो सुनको मूल्य

सोमबार, जेठ २१ २०८१
प्रतितोला एक हजार रूपैयाँले घट्यो सुनको मूल्य

सोमबार सुनको मूल्य नेपाली बजारमा प्रतितोला एक हजार रूपैयाँले घट्दा चाँदी पनि प्रतितोला १५ रूपैयाँले सस्तिएको छ।

काठमाडौं- सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले घटेको छ।

गएको साता शुक्रबार हालसम्मकै उच्च प्रतितोला एक लाख ४२ हजार दुईसय रूपैयाँ पुगेर आइतबार प्रतितोला दुईसय रूपैयाँले ओरालो लागेको सुनको मूल्य सोमबार पनि घटेको हो।

सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४० हजार ३ सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि आज प्रतितोला १५ रूपैयाँले घटेको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ८ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ। 


प्रकाशित : सोमबार, जेठ २१ २०८१११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend