शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

गएको साता कमजोर देखिएको सेयर बजारमा यो साता सुधारको संकेत, दोहोरो अंकले बढ्यो

आइतबार, जेठ २० २०८१
गएको साता कमजोर देखिएको सेयर बजारमा यो साता सुधारको संकेत, दोहोरो अंकले बढ्यो

काठमाडौं- गएको साता कमजोर देखिएको सेयर बजारमा यो साता सुधारको संकेत देखिएको छ। त्यसअघिको साता ११२.७१ अंकले बढेको सेयर बजार गएको साता भने धरमर हुँदै ६१.९१ अंकले घटेको थियो। 

यो साता पहिलो कारोबारमा आइतबार १३.५१ अंकले बढेर २०८३.०४ बिन्दुमा पुगेको छ। १७४ कम्पनीको सेयर मूल्य बढ्दा ४ अर्ब ३१ करोड १० लाख १५ हजार रुपैयाँको कारोबार भएको छ। ६१ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको मूल्यमा फेरबदल भएको छैन। 

उकालोतर्फ लाग्ने अपेक्षा गरिएको सेयर बजार कमजोर देखिइरहँदा वृद्धितर्फको आशमा आम लगानीकर्ता रहेका छन्। 

गएको साता आइतबार २२.१४ अंकले घटेको बजार सोमबार ३.९३ अंकले बढेको थियो। मंगलबारको बजेट भाषणपछि बुधबार पुन: बजार २३.८१ अंकले घट्यो। बिहिबार १९.८९ अंकले घटेर बजार २०६९.५३ बिन्दुमा झरेको थियो। 

सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै ओरालो गति नै बढी देखिएको बजारले सुधारतर्फको संकेत गरे पनि त्यो निरन्तर हुन सकेको छैन। उतारचढावबीच लगातार ओरालो लागिरहेको सेयर बजार उल्लेख्य वृद्धितर्फ जाने आशमा लगानीकर्ताहरू रहेका छन्।

स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न धरमर गरिरहँदा संगठित लगानीकर्ताहरू बजार बढाउने जोडबलमा छन्। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन भने सकेको देखिँदैन।


प्रकाशित : आइतबार, जेठ २० २०८११४:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend