शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

आइतबार, जेठ २० २०८१
नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरण र इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्न सक्ने छन्।

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई वितरण गरिने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट १ अर्ब ७२ करोडबराबरको लाभांश वितरण गर्न लागेको हो।

इन्स्योरेन्सको आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले करसहित २१.०५५ अर्थात् १ अर्ब ७२ करोड ८९ लाख ९२ हजार ९ सय रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त नगद लाभांशमा कर प्रयोजनका लागि १ दशलमव ०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरण र इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्न सक्ने छन्।

कम्पनीको उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभा र बीमा प्राधिकरणले स्वीकृत गरेपछि लगानीकर्तामा वितरण हुनेछ।

nlic.jpg


प्रकाशित : आइतबार, जेठ २० २०८१११:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend