शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

कञ्चनजंघा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

images
बिहीबार , जेठ १७ २०८१
images
कञ्चनजंघा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

दोस्रो याममा दुई सय ७० बाह्य पर्यटक पुगेका छन्। कञ्चनजंघा क्षेत्रमा आउने पर्यटकलाई लक्ष्य गरेर यो क्षेत्रमा सानाठूला ५२ होटल सञ्चालनमा छन्।

images
images

फुङ्लिङ- ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंघा क्षेत्रमा पर्यटकको भ्रमणले होटल तथा पर्यटन व्यावसायी उत्साहित भएका छन्।

images
images
images

दोस्रो याममा दुई सय ७० बाह्य पर्यटक पुगेका छन्। फागुनदेखि जेठ १५ गतेसम्ममा सो सङ्ख्यामा विदेशी पर्यटक कञ्चनजंघा क्षेत्रमा भ्रमण गरेका हुन्। एक आर्थिक वर्षमा कञ्चनजंघा हिमाल क्षेत्रमा दुई याममा पर्यटक आउने गरेका छन्।

images
images

असोज, कात्तिक र मङ्सिर गरी तीन महिनाको समय पहिलो याममा पर्दछ। त्यस्तै चैत, वैशाख र जेठको तेस्रो साताको समय दोस्रो यामभित्र पर्ने कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ। 

images
images

परिषद्को घुन्सा पर्यटन चेकपोष्ट कार्यालयका पर्यटन सहायक टाँसी तेन्जिङका अनुसार फ्रान्स, जर्मन, बेलायत, अष्ट्रेलियालगायतका राष्ट्रबाट कञ्चनजंघा क्षेत्रमा बढी पर्यटक आएका छन्। पर्यटक आगमनमा सुधार हुँदै गएसँगै कञ्चनजंघा जाने पदमार्गमा रहेका होटल व्यवसायी तथा पर्यटन व्यवसायी उत्साहित भएको फक्ताङलुङ गाउँपालिका-६ घुन्साका होटल सञ्चालक पेमा शेर्पाले बताए।

घुन्सा पर्यटन चोकपोष्ट कार्यालयका अनुसार यस वर्षको पहिलो याममा कञ्चनजंघा क्षेत्रमा छ सय ५० बाह्य पर्यटकले भ्रमण गरेको थियो। त्यस्तै चालु आर्थिक वर्षको अन्तिम याम अर्थात् दोस्रो याममा दुई सय ७० बाह्य पर्यटकले कञ्चनजंघा क्षेत्रमा भ्रमण गरेका छन्। आन्तरिक पर्यटकसमेत उत्तिकै सङ्ख्या बराबरले भ्रमण गरेता पनि आन्तरिक पर्यटकको भने अहिलेसम्म अभिलेख राख्ने गरिएको छैन। गत वर्ष दुई याममा गरी चार सय ३९ बाह्य पर्यटकले मात्र कञ्चनजंघा क्षेत्रको भ्रमण गरेका थिए।

कञ्चनजंघा क्षेत्रमा आउने पर्यटकलाई लक्ष्य गरेर यो क्षेत्रमा सानाठूला ५२ होटल सञ्चालनमा छन्। फक्ताङलुङ-६ ग्याप्लामा रु सात करोड लगानीमा सिङ्गी नामजोग होटल पनि सञ्चालनमा आएको छ। रासस


प्रकाशित : बिहीबार , जेठ १७ २०८११४:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend