शनिबार, साउन १२ गते २०८१    
images
images
images

पेट्रोलियम कारमा भ्याट छुटको विषय अझै मिलेन, दौडधुपमै छ अर्थ प्रशासन

images
बिहीबार , जेठ १७ २०८१
images
images
पेट्रोलियम कारमा भ्याट छुटको विषय अझै मिलेन, दौडधुपमै छ अर्थ प्रशासन

बुधबार साँझ ६ बजेसम्म संसद सचिवालयका कर्मचारी अर्थको पत्र आउने भनेर कुरिरहेका थिए। तर बुधबार अर्थका कर्मचारीले प्रक्रियागत चाँजो मिलाउन नसकेपछि संसद सचिवालयमा जान सकेन।

images

काठमाडौं- पेट्रोलियम इन्धनबाट सञ्चालन हुने कारमा असावधानीवश भ्याट छुट दिइएपछि त्यसलाई सच्याउन अर्थ मन्त्रालय लागिपरेको छ।

images
images

हिजो बुधबारदेखि नै अर्थ मन्त्रालय गल्ती सच्याउन लागिपरेपनि यो विषय बिहीबार दिउँसो १ बजेसम्म पनि टुंगोमा पुग्न सकेको छैन।अर्थमन्त्री वर्षमान पुनले बुधबार दिउँसो नै प्रक्रियागत सहजताका लागि संसद सचिवालयलाई अनुरोध गरेका थिए।

images

मानवीय त्रु्टी भएकाले आर्थिक विधेयकको उक्त विषय सच्याउन पत्र दर्ता गराउन आउने बारेको जानकारी संसद सचिवालयलाई बुधबार नै गराइएको थियो। बुधबार साँझ ६ बजेसम्म संसद सचिवालयका कर्मचारी अर्थको पत्र आउने भनेर कुरिरहेका थिए तर अर्थका कर्मचारी प्रक्रियागत चाँजो मिलाउन नसकेपछि संसद सचिवालयमा जान सकेनन्। 

आर्थिक विधेयकमा मूल्यअभिवृद्धि कर (भ्याट) छुट हुने अनुसूची १ मा पेट्रोलियम गाडीको सूची परेपछि त्यसलाई सच्याउनका लागि मन्त्री पुनले निर्णय गरेका थिए। भाषिक त्रुटि भएको भन्दै छुट सूचीलाई प्रष्ट पार्नका लागि मन्त्री पुनले आफैले निर्णय गरेर संशोधनको प्रक्रिया थालेका थिए। 

images

आर्थिक विधेयक संसदमा टेबुल भएसँगै त्यसैदिन रातिदेखि भ्याटको छुट सूची लागु भइसक्छ। तत्काल कार्यान्वयन हुने विषयमा असावधानीवश सबै प्रकारका पेट्रोलियम कार पनि भ्याट छुटको सूचीमा परेपछि अन्यौल सिर्जना भएको छ। 

आर्थिक विधेयक लेखनको क्रममा त्रुटि भएको अर्थका अधिकारीहरूले बताउँदै आएका छन्। यो वर्षदेखि भन्सार महसुल विधेयक छुट्टै लेखन हुँदा टेम्पलेट परिवर्तन भएको र त्यसमा एम्बुलेन्स र शववहानमात्र छुटको सूचीमा हुनुपर्नेमा सबै परेको हो। 

यता संसद सचिवालयले बिहीबार दिउँसो १ बजेसम्म पनि अर्थ मन्त्रालयले ल्याएको पत्र दर्ता हुन नसकेको बताएको छ। बिहीबार बिहानैदेखि अर्थ मन्त्रालयका अधिकारीहरू संसद सचिवालयमा संशोधन प्रक्रियाका लागि पत्र बोकेर गएका थिए। तर संसदमा दर्ता भइसकेको विधेयक पारित नभइसकेको अवस्थामा त्यसको संशोधनका आफ्नै विधि र प्रक्रिया हुने भएकाले जटिल भएको स्रोतको भनाइ छ। 

‘अहिले अर्थका अधिकारीहरू बिहान ल्याएको पत्रमा प्रक्रिया नपुगेपछि पुनः मिलाउनका लागि जानु भएको छ,’ संसद स्रोतले भन्यो, ‘अब प्रक्रिया पूरा गरेर आउनु होला।’ 

भ्याट छुटको व्यवस्था आएपछि यता अटोमोबाइल व्यवसायीहरू पनि अन्यौलमा परेका छन्। आर्थिक विधेयक कार्यान्वयनमा आएको दुई दिन भइसक्दा त्यसको अन्यौलता नटुंगिएकाले के गर्ने भन्ने दोधारमै रहेका छन्।

नयाँ कानून (आर्थिक विधेयक) आइसकेपछि पुरानोअनुसार जाँचपास गर्न पाइँदैन। आर्थिक विधेयक जेठ १५ मा संसदमा पेश भएपछि सोहीदिन राति १२ बजेबाट नयाँ करको दर लागु हुन्छ। तर अहिले नयाँ दर भन्सारको सिस्टममा अपलोड गरिएको छैन।

सरकारले गरेको कमजोरी बाहिर आएपछि अर्थ मन्त्रालयले भन्सार विभागमार्फत मातहतका सबै भन्सार कार्यालयहरूमा पेट्रोलियम पदार्थबाट चल्ने गाडी तत्काल जाँचपास नगर्न मौखिक सर्कुलर बुधबार बिहानै गरेको थियो। साथै भन्सारले पेट्रोलियम पदार्थबाट चल्ने गाडी आयातमा भ्याट छुट नहुने भनेर कर्मचारीहरूलाई प्रष्ट पारेको थियो।  

अहिले कानूनी रुपमा भने सवारी जाँचपास गर्न आए त्यो नहुने अवस्था सृजना भएको छ। आर्थिक विधेयक संसदमा पेश भइसकेकाले अब त्यसको संशोधन प्रस्ताव पेश गर्नु पर्ने हुन्छ। यसको प्रक्रिया केही दिन लाग्ने देखिएको छ। अर्थ मन्त्रालय यसमा लागिपरे पनि पक्रियागत जटिलताले समय लागिरहेको छ। 

भन्सार कार्यालयहरूलाई अर्थको मौखिक सर्कुलर : गाडीमा भ्याट छुट होइन, तत्काल जाँचपास नगर्नू भन्सार कार्यालयहरूलाई अर्थको मौखिक सर्कुलर : गाडीमा भ्याट छुट होइन, तत्काल जाँचपास नगर्नू सरकारले भन्याे - डिजेल तथा पेट्रोल गाडी असावधानीवश भ्याट छुटको सूचीमा पर्‍यो, सच्याउँदै छौँ सरकारले भन्याे - डिजेल तथा पेट्रोल गाडी असावधानीवश भ्याट छुटको सूचीमा पर्‍यो, सच्याउँदै छौँ


प्रकाशित : बिहीबार , जेठ १७ २०८११३:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend