शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सरकारले भन्याे - डिजेल तथा पेट्रोल गाडी असावधानीवश भ्याट छुटको सूचीमा पर्‍यो, सच्याउँदै छौँ

बुधबार, जेठ १६ २०८१
सरकारले भन्याे - डिजेल तथा पेट्रोल गाडी असावधानीवश भ्याट छुटको सूचीमा पर्‍यो, सच्याउँदै छौँ

असावधानीवश भ्याट छुटको सूचीमा परेकाले त्यसलाई सच्याएर प्रकाशित गर्ने तयारीमा रहेकाे मन्त्रालय स्रोतको भनाइ छ।

काठमाडौं- सरकारले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेसँगै आएको आर्थिक विधेयकमा डिजेल तथा पेट्रोल कार भ्याट छुट हुने सूचीमा आयो। जुन असावधानीवश हुन गएको अर्थ प्रशासनले बताएको छ। 

अर्थमन्त्री वर्षमान पुनले मंगलबार प्रतिनिधिसभामा टेबल गरेको आर्थिक विधेयक तथा भन्सार महसुल विधेयकमा भ्याट छुट हुने सूचीमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीको एसएस कोड समावेश भयाे। यसबारेमा बिजनेस न्युजमा समाचार आएसँगै अर्थ प्रशासनमा हलचल नै मच्चिएको थियो। 

आर्थिक विधेयकमा मूल्य अभिवृद्धि कर छुट हुने वस्तुको विषषसूची समावेश गरिएको हुन्छ। आर्थिक विधेयकको भ्याट छुट हुने सूचीमा भन्सार जाँचपास एचएस कोर्ड ८७०३ अन्तर्गतका शीर्षकहरू भ्याट नलाग्नेको सूचीमा समावेश गरिएको छ। तर यसअघिको आर्थिक ऐन २०८० मा ८७०३ अन्तर्गतका शीर्षकहरू भ्याट छुटको सूचीमा समावेश हुँदा एम्बुलेन्स र शववाहन भनेर उल्लेख हुने गरेको थियो।

यो पटकको आर्थिक विधेयक २०८१ को भ्याट छुट लिष्टमा ८७०३ एचएस कोडअन्तर्गतका सबै उपशीर्षकहरू परेका छन्। विगतका वर्षहरूमा लेखिने एम्बुलेन्स र शववाहन शब्द हटाइएको छ। यसको अर्थ अब डिजल र पेट्रोल गाडीमा भ्याट छुट गरिएको बुझिन्छ।

तर यसमा आर्थिक विधेयक तयार पार्दा असावधानीवश गल्ती भएको अर्थ मन्त्रालयले जनाएको छ। असावधानीवश भ्याट छुटको सूचीमा परेकाले त्यसलाई सच्याएर प्रकाशित गर्ने तयारीमा रहेकाे मन्त्रालय स्रोतको भनाइ छ।

भ्याट छुटको सूचीमा डिजेल तथा पेट्रोल कार परेपछि भन्सारले आफ्नो सिस्टममा अपलोड गरेको थिएन। त्यसरी भ्याट छुटको सूचीमा आईसी इन्जिन कार परेपछि अटोमोबाइल व्यवसायीहरु पनि तरंगित बनेका थिए।  


प्रकाशित : बुधबार, जेठ १६ २०८११३:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend