शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

डिजल तथा पेट्रोल गाडीमा भ्याट छुट दिइएको हो?

बुधबार, जेठ १६ २०८१
डिजल तथा पेट्रोल गाडीमा भ्याट छुट दिइएको हो?

तर यस अघिको आर्थिक ऐन २०८०मा ८७०३ अन्तर्गतका शीर्षकहरु भ्याट छुटको सूचिमा समावशे हुँदा एम्बुलेन्स र शवबाहन  भनेर उल्लेख हुने गरेको थियो।

काठमाडौं- सरकारले म‌ंगलबार आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट संघीय संसदमा प्रस्तुत गरिसकेको छ। साथै प्रतिनिधि सभामा आर्थिक विधेयक तथा भन्सार महसुल विधेयकसमेत अर्थमन्त्री वर्षमान पुनले टेबल गरिसकेका छन्।

आर्थिक विधेयकमा मूल्य अभिवृद्धि कर छुट हुने वस्तुको विषषसूची समावेश गरिएको छ। आर्थिक विधेयकको भ्याट छुट हुने सूचीमा भन्सार जाँचपास एचएस कोर्ड ८७०३ अन्तर्गतका शीर्षकहरू भ्याट नलाग्नेको सूचीमा समावेश गरिएको छ।

तर यसअघिको आर्थिक ऐन २०८० मा ८७०३ अन्तर्गतका शीर्षकहरू भ्याट छुटको सूचीमा समावेश हुँदा एम्बुलेन्स र शववाहन भनेर उल्लेख हुने गरेको थियो।

यो पटकको आर्थिक विधेयक २०८१ को भ्याट छुट लिष्टमा ८७०३ एचएस कोडअन्तर्गतका सबै उपशीर्षकहरू परेका छन्। विगतका वर्षहरूमा लेखिने एम्बुलेन्स र शववाहन शब्द हटाइएको छ। यसको अर्थ अब डिजल र पेट्रोल गाडीमा भ्याट छुट गरिएको बुझिन्छ।

यस विषयमा आन्तरिक राजस्व विभाग तथा अर्थ मन्त्रालयका अधिकारीलाई सोध्दा भ्याट छुटमा डिजल र पेट्रोल गाडी नराखेको र विधेयकमा के भएको हो अहिले अध्ययन भइरहेको जानकारी दिइएको छ।

पहिलेको 

tax A.png

 

tax B.png
अहिलेको 

tax c.png

tax d.png


प्रकाशित : बुधबार, जेठ १६ २०८११०:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend