शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

सिटिजन्स बैंकका ग्राहकलाई भरतपुरको अनमोल डेण्टल हबमा १५ प्रतिशतसम्म छुट

images
बिहीबार , जेठ १७ २०८१
images
images
सिटिजन्स बैंकका ग्राहकलाई भरतपुरको अनमोल डेण्टल हबमा १५ प्रतिशतसम्म छुट

यस्ता सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ।

images
images

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भरतपुरस्थित अनमोल डेण्टल हबबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

images
images
images

सो समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले अनमोल डेण्टल हबका सेवाहरुमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्।

यस्ता सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ।

images

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको जनाएको छ।

images

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी रहेका आफ्ना १ सय ९० वटा शाखा, १ सय ५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १७ लाख ४२ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जनाएको छ।


प्रकाशित : बिहीबार , जेठ १७ २०८११०:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend