शनिबार, साउन १२ गते २०८१    
images
images
images

भाका नाघेका ऋणीलाई एनआईसीको राहत : जेठभित्र चुक्ता गरे जरिवाना र ब्याजमा छुट

images
बुधबार, जेठ १६ २०८१
images
images
भाका नाघेका ऋणीलाई एनआईसीको राहत : जेठभित्र चुक्ता गरे जरिवाना र ब्याजमा छुट

बैंकका अनुसार भाका नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेठ महिनाभित्र चुक्ता गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत र साधारण बक्यौता ब्याज रकममा समेत छुट पाउने छन्।

images

काठमाडौं- एनआईसी एसिया बैंकले कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुटसम्बन्धी योजना सार्वजनिक गरेको छ।

images
images

देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने हेतुले २०८० चैत्र मसान्तसम्ममा भाका नाघेका ऋणीलाई छुट दिने योजना ल्याएको बैंकले जनाएको छ।

images

बैंकका अनुसार भाका नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेठ महिनाभित्र चुक्ता गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत र साधारण बक्यौता ब्याज रकममा समेत छुट पाउने छन्।

चैत मसान्तसम्म ९१ देखि १ सय ८० दिनको भाका नाघेका ऋणीले जेठ महिनाभित्र चुक्ता गरेमा १५ प्रतिशत, १ सय ८१ दिनदेखि ३ सय ६५ दिनको भाका नाघेकाले २५ प्रतिशत र ३ सय ६५ दिनभन्दा बढी भाका नाघेका ऋणीले साधारण ब्याज रकममा ३५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाले जानकारी दिए।

images

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालुपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जालगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले यस योजनामा सहभागी भइ लाभ लिन सक्ने बैंकले जनाएको छ।

बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरुको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकको विश्वास छ।


प्रकाशित : बुधबार, जेठ १६ २०८११४:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend