शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

व्यक्तिगत आयकरमा भएन कुनै पनि फेरबदल, चालु आर्थिक वर्षकै दरले निरन्तरता पाउने

बुधबार, जेठ १६ २०८१
व्यक्तिगत आयकरमा भएन कुनै पनि फेरबदल, चालु आर्थिक वर्षकै दरले निरन्तरता पाउने

यस्तै ५ लाखभन्दा बढी ७ लाखसम्म रोजगारीबाट आय गर्ने एकल प्राकृतिक व्यक्तिले आफ्नो थप २ लाख आयमा १० प्रतिशत कर तिर्नुपर्छ।

काठमाडौं- आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले प्राकृतिक व्यक्तिका लागि आयकरको सीमाहरूमा कुनै पनि परिवर्तन गरेको छैन। प्राकृतिक व्यक्तिको हकमा चालु आर्थिक वर्षकै करका दरहरुलाई निरन्तरता दिइएको छ। 

रोजगारीबाट ५ लाखसम्म आय गर्ने एकल प्राकृतिक व्यक्तिले आफ्नो आयबाट १ प्रतिशत आयकर लाग्ने छ। यस्तै ५ लाखभन्दा बढी ७ लाखसम्म रोजगारीबाट आय गर्ने एकल प्राकृतिक व्यक्तिले आफ्नो थप २ लाख आयमा १० प्रतिशत कर तिर्नुपर्छ।

सात लाखभन्दा बढी दश लाखसम्मको करयोग्य आयमा २० प्रतिशत, १० लाखभन्दा बढी २० लाखसम्मको करयोग्य आयमा ३० प्रतिशत कर, २० लाखभन्दा माथि ५० लाखसम्मको आयमा ३६ प्रतिशत र ५० लाखभन्दा माथिको आयमा ३९ प्रतिशत कर लाग्ने व्यवस्था छ।

प्राकृतिक दम्पतिको हकमा भने ६ लाखसम्म रोजगारीबाट गरिएको आम्दानीमा १ प्रतिशत, ६ लाखभन्दा माथि ८ लाखसम्म गरिएको वृद्धि भएको २ लाख आम्दानीमा १० प्रतिशत, ८ लाखभन्दा माथि ११ लाख सम्म थप ३ लाख आम्दानी भएमा २० प्रतिशत, ११ लाखदेखि २० लाखसम्मको बढेको ९ लाख आम्दानीमा ३० प्रतिशत , ३० लाखभन्दा बढी ५० लाखसम्मको आम्दानीमा ३६ प्रतिशत र ५० लाखभन्दा बढी आम्दानी गरेमा सीमाभन्दा बढीको आयमा ३९ प्रतिशत कर लाग्ने व्यवस्था रहेको छ।

आगामी आर्थिक वर्ष पनि व्यक्तिगत आयकरतर्फको यही दरले निरन्तरता पाउने भएको छ। उदारणका लागि कुनै व्यक्तिले वार्षिक ६० लाख रुपैयाँ आम्दानी गरेमा एकल प्राकृतिक व्यक्तिको रुपमा १८ लाख ५५ हजार र करदाता दम्पति भएमा १८ लाख २६ हजार रुपैयाँ कर तिर्नुपर्ने हुन्छ। 

tax.jpg


प्रकाशित : बुधबार, जेठ १६ २०८११२:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend