शनिबार, असोज ५ गते २०८१    
images
images

अपरेटरले तलब नपाउँदा विद्युत् सेवा बन्द

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस ९ २०७८
images
images
अपरेटरले तलब नपाउँदा विद्युत् सेवा बन्द

गत वर्ष माघदेखि विद्युत् सञ्चालन गर्दै आएको भए पनि आफूहरुले पाउने सेवा सुविधा र तलब नपाएपछि विद्युत् सेवा बन्द गर्न बाध्य भएको अपरेटरले बताए।

images
images

सिमकोट- विद्युतका अपरेटरले एक वर्षदेखि तलब नपाएको भन्दै छुइपुग जलविद्युत् आयोजनाको सम्पूर्ण सेवा बन्द गरिएको छ। सिमकोट गाउँपालिका-८ खोल्सी र नाम्खा गाउँपालिका-४ लामा खोल्सीमा रहेको छुईपुग जलविद्युत् आयोजना बुधबारदेखि बन्द गरिएको छ ।

images
images
images

विद्युत् आयोजनाका अपरेटर ग्याल्जन लामा र भारती सिंहले एक वर्षदेखि तलब नपाएपछि विद्युत् सेवा बुधबारदेखि बन्द गरेका हुन्। गत वर्ष माघदेखि विद्युत् सञ्चालन गर्दै आएको भए पनि आफूहरुले पाउने सेवा सुविधा र तलब नपाएपछि विद्युत् सेवा बन्द गर्न बाध्य भएको अपरेटर लामाले बताए।

विद्युत् बन्द गरिएपछि दुई वडाका २२० घरधुरी अन्धकारमा बस्न बाध्य छन्। खोल्सीगाउँका ९० घरधुरी, लामाखोल्सी र खगाँलगाउँका १३० घरधुरीका परिवारले उठाएको रकमबाट अपरेटरलाई तलब खुवाउने निर्णय थियो। उक्त निर्णय उल्लङ्घन गर्दै आफूहरूलाई तलब नदिएपछि बाध्य भएर सेवा बन्द गर्नुपरेको अपरेटर लामाले बताए।

तलबका लागि प्रत्येक घरपरिवारले रु १०० सङ्कलन गर्नुपर्ने हो। त्यो रकम सङ्कलन नगर्दा आफूहरुले विद्युत् सेवा बन्द गरी ताला लगाएको लामाको भनाइ छ । तलब नदिँदासम्म अनिश्चतकालका लागि विद्युत् सेवा बन्द गरिने उनले बताए। रासस

images


प्रकाशित : शुक्रबार, पुस ९ २०७८०५:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend