शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

चुरोटमा बढ्यो अन्त:शुल्क, कुनमा कति?

मंगलबार, जेठ १५ २०८१
चुरोटमा बढ्यो अन्त:शुल्क, कुनमा कति?

काठमाडौं- सरकारले चुरोटको अन्त:शुल्क बढाएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सिगार, सेरुट, सानो सिगार र भेप्सको अन्त:शुल्क प्रतिखिल्ली १ रुपैयाँले बढाएको छ। 

फिल्टर नभएको चुरोटमा अन्त:शुल्क प्रतिएम २५ रुपैयाँले बढेको छ। यसअघि ७३० प्रतिएम रहेकोमा चालु आर्थिक वर्ष बढाएर ७५५ प्रतिएम पुर्‍याएको छ। ७० मिलिमिटर लम्बाइ भएको प्रतिएम चुरोटको अन्त:शुल्क ५० रुपैयाँले बढेको छ। यसअघि १६ सय ९० रुपैयाँ रहेको ७० मिलिमिटर लम्बाइ भएको चुरोटको मुल्य १७ सय ४० कायम गरिएको छ। 

यस्तै ७० देखि ७५ मिलिमिटर फिल्टर भएको चुरोटमा ७० रुपैयाँले बढेको छ। यसअघि २३ सय रुपैयाँ रहेकोमा यसपटक बढेर २ हजार ३७० रुपैयाँ कायम गरिएको छ। ७५ भन्दा बढी र ८५ मिमिसम्म फिल्टर भएको चुरोटको प्रतिएम ९० रुपैयाँले बढाएको छ। 

यसअघि यस शीर्षकमा २९ सय ७० रुपैयाँ रहेकोमा ३ हजार ६० कायम भएको छ। ८५ मिमि भन्दा बढी लम्बाइ भएको चुरोटको अन्त:शुल्क २२० रुपैयाँले बढेको छ। यसअघि ४ हजार ८० रहेकोमा यस पटक बढेर ४ हजार २ सय रुपैयाँ कायम गरिएको छ।

तयारी बिडीमा लाग्ने अन्त:शुल्क प्रतिएम ९४ बाट बढाएर ९६ कायम गरिएको छ। सबै प्रकारका सिगारको अन्त:शुल्क १ रुपैयाँ बढाएर ३१ रपैयाँ कायम गरिएको छ।

यस्तै तयारी सुर्तिमा प्रतिकेजी २५ रुपैयाँले अन्त:शुल्क बढेको छ। यसअघि ४७५ रुपैयाँ अन्त:शुल्क रहेकोमा आगामी आर्थिक वर्षको आर्थिक ऐन मार्फत ५०० रुपैयाँ पुर्‍याइएको छ। 

जर्दा खैनीसहित मिश्रित सुर्तिको अन्त:शुल्क ३० रुपैयाँले बढेको छ। चालु आर्थिक वर्ष ८५० रहेकोमा आगामी आर्थिक वर्षका लागि ८८० कायम गरिएको छ। खुद्रा बिक्रीको लागि नराखिएको काटिएको सुर्ती डस्ट टोबाको अन्त: शुल्क ५ रुपैयाँले बढेर ४८० कायम गरिएको छ।

चुना मिलाइ खाने खुद्रा बिक्रीको लागि प्याकेजिङ गरिएको सुर्तीको अन्त:शुल्क प्रतिकेजी ४५ रुपैयाँले बढाएको छ। यसअघि ४७५ प्रतिशत केजी अन्त:शुल्क रहेको यस प्रकारको सुर्तिमा आगामी आर्थिक वर्षका लागि ५२० रुपैयाँ कायम गरिएको छ। 

हुक्का फ्लेवरमा लाग्ने अन्त:शुल्क प्रतिकेजी १०० रुपैयाँले बढाइएको छ। चालु आर्थिक वर्ष १४ सय रुपैयाँ अन्त:शुल्क लाग्दै आएकोमा अब १५०० कायम गरिएको छ।

यस्तै विद्युतीय चुरोट भेपमा ४० प्रतिशत अन्त:शुल्क लाग्ने भएको छ। यसअघि प्रतिकेजी भेपमा ४७५ रुपैयाँ अन्त:शुल्क लाग्दै आएको थियो। सुर्ती भएको र पुनरनिर्मित सुर्चीमाको अन्त:शुल्क ४७५ बाट बढाएर ५२० रुपैयाँ कायम गरिएको छ। 


प्रकाशित : मंगलबार, जेठ १५ २०८११८:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend