शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

भारत र चीनबाट आयातका लागि खोलिने एलसीमा दिएको पैठारी छुट खारेज

मंगलबार, जेठ १५ २०८१
भारत र चीनबाट आयातका लागि खोलिने एलसीमा दिएको पैठारी छुट खारेज

काठमाडौं- सरकारले चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत भारत र चीनबाट वस्तु आयात गर्दा लाग्ने पैठारी महसुल दरमा दिइएको ५ प्रतिशत छुट सुविधा हटाएको छ।

भारतबाट नेपालभित्र प्रतीतपत्रको माध्यमद्वारा पैठारी हुँदा मूल्यगत दरअनुसार लाग्ने भन्सार ५ देखि ३० प्रतिशतसम्मको दरमा ५ प्रतिशत वा सोभन्दा बढीको दरमा ३ प्रतिशतको छुट दिने गरिएको थियो। 

यस्तै चीनको तिब्बतबाट आयात हुने महसुलमा छुट हुने चीनमा उत्पादिन मालवस्तुको आयातका लागि प्रतितपत्र खोल्दा पैठारीमा हुँदा लाग्ने भन्सार महसुल ५ प्रतिशतदेखि ३० प्रतिशत दरमा ५ प्रतिशत र सोभन्दा माथिको दरमा ३ प्रतिशत दिएको छुट पनि सरकारले खारेज गरेको छ।

आगामी आर्थिक वर्षको आर्थिक ऐनमार्फत सरकारले एलसी खोल्दा दिइएको छुट खारेज गरेको छ।


प्रकाशित : मंगलबार, जेठ १५ २०८११८:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend