आइतबार, भदौ २३ गते २०८१    
images
images

सेयर र घरजग्गाको पुँजीगत लाभकरको होल्डिङ अवधिमा एकरुपता कायम गर्दै अर्थ मन्त्रालय

images
सोमबार, जेठ १४ २०८१
images
images
सेयर र घरजग्गाको पुँजीगत लाभकरको होल्डिङ अवधिमा एकरुपता कायम गर्दै अर्थ मन्त्रालय
images
images

काठमाडौं- ठूला करदाताको कार्यालयले सेयर बजार र घरजग्गाको स्वामित्व नि:सर्ग गर्दा लाग्ने पुँजीगत लाभको समयअवधि एउटै बनाउन सुझाव दिएको छ। 

images
images
images

हाल एक वर्षभन्दा कम अवधिमा सेयर खरिद बिक्री गर्दा ७.५ प्रतिशत र सोभन्दा बढी अवधिमा स्वामित्व कायम गरी सेयर बिक्री गर्दा ५ प्रतिशत आयकर लाग्ने व्यवस्था छ। 

संस्थागत लगानीकर्ताहरूलाई १० प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था रहेको छ। यस्तै धितोपत्रमा सुचीकृत नभएका स्वदेशी कम्पनीहरूको स्वामित्व १५ प्रतिशत र विदेशी कम्पनीलाई २५ प्रतिशतसम्म कर लाग्ने व्यवस्था रहेको छ।

यस्तै १० लाखभन्दा बढी मूल्य पर्ने घरजग्गा खरिदगरी ५ वर्षभन्दा कम अवधि स्वामित्व कायम राखेर बिक्री गर्दा प्राप्त हुने पुँजीगत लाभमा ७.५ प्रतिशत कर लाग्छ भने सोभन्दा बढी अवधि स्वामित्व कायम गरी जग्गा बिक्री गरेमा ५ प्रतिशत कर लाग्ने व्यवस्था छ।
 
ठूला करदाता कर्यालयले घरजग्गा र सेयर स्वामित्व हस्तान्तरणको अवधिमा समानता कायम गर्न सुझाव दिएको हो। ५ वर्षभन्दा कम अवधि घरजग्गा स्वामित्व कायम गरी बिक्री गर्दा र १ वर्षभन्दा कम अवधिमा सेयर बिक्री गर्दा समान ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्ने भएकाले यसको होल्डिङ अवधिमा पनि समानता कायम गर्न कार्यालयले सुझाव दिएको हो।

images

घरजग्गा स्वामित्व नि:सर्ग गर्ने अवधि ५ वर्षबाट घटाएर १ वर्ष कायम गर्ने वा सेयर होल्डिङको अवधि ५ वर्ष कायम गर्ने भन्ने विषयमा भने अझै पनि प्रष्ट भइनसकेको कार्यालयले जनाएको छ। 


प्रकाशित : सोमबार, जेठ १४ २०८११९:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend