शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

एनआईसी एसिया बैंकको मधेस प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा आफ्नै भवनमा

सोमबार, जेठ १४ २०८१
एनआईसी एसिया बैंकको मधेस प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा आफ्नै भवनमा

एनआईसी एसिया बैंकले मुलुकभर रहेका आफ्ना ३ सय ६० शाखा कार्यालयमार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

काठमाडौं- एनआईसी एसिया बैंकले आफ्नो मधेस प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा कार्यालय पर्सा जिल्लास्थित वीरगञ्ज महानगरपालिका वडा नं. १० आदर्शनगरमा नवनिर्मित आफ्नै भवनबाट सञ्चालनमा ल्याएको छ।

यसअघि बर्दिबास नगरपालिकामा रहेको मधेस प्रादेशिक कार्यालय र वीरगञ्ज महानगरपालिकामै रहेको वीरगञ्ज शाखा यस नवनिर्मित भवनमा स्थानान्तरण भइ सम्पूर्ण बैंकिङ कारोबार सञ्चालन भइरहेको बैंकले जनाएको छ।

बैंकले निर्माण गरेको उक्त नवनिर्मित भवनबाट प्रादेशिक कार्यालय र शाखा सञ्चालनमा ल्याएपश्चात् ग्राहकहरुलाई सम्पूर्ण किसिमका अत्यावश्यक बैंकिङ सेवा लिन थप सहज हुने बैंकको विश्वास छ।

साथै, उक्त नवनिर्मित भवनमा ग्राहकहरुलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले क्यास डिपोजिट मेसिन, किओस्क मेसिन र क्यास रिसाइक्लर मेसिनजस्ता अत्याधुनिक सुविधासम्पन्न मेसिनहरुबाट डिजिटल बैंकिङ कारोबार गर्नका लागि बेग्लै डिजिटल बैंकिङ हल समेत सञ्चालनमा ल्याएको छ।

एनआईसी एसिया बैंकले मुलुकभर रहेका आफ्ना ३ सय ६० शाखा कार्यालय, ६ सय ७० एटीएम, १ सय १८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित सञ्जालमार्फत ग्राहकलाई सेवा दिइरहेको छ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान स्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकले जनाएको छ। 


प्रकाशित : सोमबार, जेठ १४ २०८११७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend