शनिबार, जेठ ३१ गते २०८२    
शनिबार, जेठ ३१ २०८२
images
images

द सोल्टी होटल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता

images
सोमबार, जेठ १४ २०८१
images
images
द सोल्टी होटल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता

प्रभु बैंकले देशभर रहेका आफ्ना ३ सय दुई वटा शाखा कार्यालयमार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा दिइरहेको छ।

images
images

काठमाडौं- सोल्टीमोडस्थित द सोल्टी होटल ग्रुप र प्रभु बैंक लिमिटेडका बीच विशेष छुटसम्बन्धी सम्झौता भएको छ।

images
images
images

सोमबार दिन प्रभु बैंकका तर्फबाट प्रमुख बजार अधिकृत रविन्द्र ढकाल एवम् प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा सोल्टी होटल ग्रुपका तर्फबाट म्यानेजर सुदन अधिकारीले समझौतापत्रमा हस्ताक्षर गरी एकअर्कालाई सम्झौता पत्र हस्तान्तरण गरेका हुन्।

images
images

द सोल्टी होटल ग्रुपअन्तर्गत द सोल्टी होटल एण्ड रिसोर्ट,सोल्टी वोष्टेण्ड प्रिमियर नेपालगञ्ज, सोल्टी वोष्टेण्ड इटहरी, सोल्टी वोष्टेण्ड रिसोर्ट चितवन, सोल्टी वोष्टेण्ड रिसोर्ट नगरकोट, मिथिला यात्री निवास जनकपुरसँग प्रभु बैंक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुविधा लिएबापत विशेष छुट पाउने छन्।

images
images
images

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले होटल तथा रिसोर्टको सेवा तथा सुविधा प्राप्त गर्नको निमित्त बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय प्रणालीद्वारा बिल भुक्तानी गर्नुपर्ने छ।

द सोल्टी होटल ग्रुपको उल्लेखित होटल तथा रिसोर्टमार्फत उपलब्ध आवासतर्फ विशेष संस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

प्रभु बैंकले देशभर रहेका आफ्ना ३ सय दुई वटा शाखा कार्यालय, २ सय ८५ एटीएम साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई गुणस्तरीय सेवा दिइरहेको जनाएको छ। 


प्रकाशित : सोमबार, जेठ १४ २०८११३:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend