शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

ग्लोबल आईएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशतसम्म छुट

आइतबार, जेठ १३ २०८१
ग्लोबल आईएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशतसम्म छुट

यो योजना जेठ १३ गतेदेखि ३ महिनासम्म सञ्चालनमा रहने छ। यस योजना अवधिभर हरेक महिना १० वटासम्मको खरिदमा यो छुट पाइने छ।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना कार्डबाहक ग्राहकहरुलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने योजना पुनः सार्वजनिक गरेको छ। 

यस योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आईएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा खरिद १५ प्रतिशतसम्म छुट पाउनेछन्। 

यो योजना जेठ १३ गतेदेखि ३ महिनासम्म सञ्चालनमा रहने बैंकले जनाएको छ।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १० प्रतिशत वा ५ सय रूपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा ७ सय ५० रूपैयाँसम्म छुट पाउनेछन्। यस योजना अवधिभर हरेक महिना १० वटासम्मको खरिदमा यो छुट पाइने छ। 

ग्लोबल आईएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई विशेष विशेष योजनाहरु सार्वजनिक गर्दै आएको छ। यसअघि पनि ३ महिना सञ्चालनमा रहेको यस छुट योजनामा उत्साहजनक सहभागिता भएकाले यो योजना पुनः सञ्चालन गरिएको बैंकले जनाएको छ।

मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल फैलाएको ग्लोबल आईएमई बैंकले आफ्नो ३ सय ५४ शाखा कार्यालय, ३ सय ७९एटीएम, २ सय ७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एकसयभन्दा बढी सेवा केन्द्रबाट ४६ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।


प्रकाशित : आइतबार, जेठ १३ २०८११७:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend