शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

गतसाता चार कारोबारमै ११२ अंकले बढेको सेयर बजार ओरालोतिर, २९ कम्पनीमा मात्र हरियाली

आइतबार, जेठ १३ २०८१
गतसाता चार कारोबारमै ११२ अंकले बढेको सेयर बजार ओरालोतिर, २९ कम्पनीमा मात्र हरियाली

काठमाडौं- सेयर बजारमा गएको साता चार कारोबारमा नै ११२.७१ अंकले बढेको बजार यो साता पहिलो कारोबारमा नै ओरालोतिर लागेको छ। 

वृद्धितर्फ बढ्न धरमर गरिएको बजार गएको साता निरन्तर सुधारतर्फ देखिए पनि यो साता त्यही वृद्धि निरन्तर हुन सकेन। 

आइतबार २२.१४ अंकले घटेर बजार २१०९.३४ बिन्दुमा झरेको छ। २९ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ। २१५ कम्पनीको सेयर मूल्य घटेको छ भने तीन कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।  

गएको साता आइतबार ४५.६९ अंकले बढेको बजार सोमबार २७.५४ अंकले बढेको थियो। मंगलबार २३.९४ अंकले बढेको बजार बुधबार १५.५४ अंकले बढेको थियो। 

सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै ओरालो गति नै बढी देखिएको बजारले सुधारतर्फको संकेत गरे पनि त्यो निरन्तर हुन सकेन। उतारचढावबीच लगातार ओरालो लागिरहेको सेयर बजार उल्लेख्य वृद्धितर्फ जाने आशमा लगानीकर्ताहरू रहेका थिए। 

स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न धरमर गरिरहँदा संगठित लगानीकर्ताहरू बजार बढाउने जोडबलमा छन्। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन भने सकेको देखिँदैन। 

अहिलेको अवस्थामा अब सरकारले लिने नीति, ठूला लगानीकर्ताले लिने बाटो र विश्वासयोग्य वातावरणले थप सुधारको अपेक्षा गर्न सकिने उनीहरूको भनाइ छ। 


प्रकाशित : आइतबार, जेठ १३ २०८११५:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend