पोखरा- मनाङमा रहेको फार्म हाउस होटलमा प्रभु बैंकका कर्मचारी र ग्राहकले विशेष छुट पाउने भएका छन्।
प्रभु बैंक र फार्म हाउस होटलबीच छुट दिने सम्झौता भएको हो। शुक्रबार एक समारोहबीच फार्म हाउसका प्रोपाइटर समराज गुरुंख र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ।
सम्झौताअनुसार बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा फार्म हाउसमा उपलब्ध आवास, खाना र मनोरञ्जनलगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।
प्रभु बैंकले नेपालभर रहेका आफ्ना ३ सय २ शाखा कार्यालयहरु, २ सय ८५ एटीएमका साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई गुणस्तरीय सेवा दिइरहेको छ।