शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

images
आइतबार, जेठ १३ २०८१
images
प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौं उपत्यकामा बिहानैदेखि सामान्य बदली र हल्का वर्षा भएको छ। अहिले पनि उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ।

images
images

काठमाडौं- प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ। अपराह्न भएको वर्षाले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान १५ मिनेट प्रभावित बनेको विमानस्थल कार्यालयले जनाएको छ।

images
images
images

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार भारी वर्षाका कारण बिहान ११:३० देखि ४५ मिनेटसम्म विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय दुवै आगमन स्थगित गरिएको थियो।

images
images

अहिले मौसम अनुकूल रहेकाले सम्पूर्ण उडान नियमितरूपमा भइरहेका प्रवक्ता झाले बताए।

images
images

काठमाडौं उपत्यकामा आज बिहानैदेखि सामान्य बदली र हल्का वर्षा भएको छ। अहिले पनि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ।

स्थानीय वायुको प्रभावले मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। रासस


प्रकाशित : आइतबार, जेठ १३ २०८११२:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend