शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

वाणिज्य बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालद्वारा पदभार ग्रहण

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ११ २०८१
वाणिज्य बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालद्वारा पदभार ग्रहण

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले आज पदभार ग्रहण गरेका छन्।

यसअघि प्रमुख कार्यकारी अधिकृत खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढङ्गानाबाट पद तथा गोपनीयताको शपथ लिएका थिए।

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा (२) तथा बैंकको नियमावलीको नियम ३५ को उपनियम (३) को व्यवस्थाबमोजिम खनाललाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा चार वर्षका लागि नियुक्ति गरेको थियो। 

पदभार ग्रहणका अवसरमा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालले सरकार, राष्ट्र बैंक तथा बैंकले लिएको नीतिको कार्यान्वयन गरी नागरिकमा गुणस्तरीय सेवा प्रवाह गर्दै सबै सरोकारवालाले पाउने हिस्सामा वृद्धि हुने गरी कार्य गरिने जानकारी दिए।

बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नवनियुक्त भएका खनाललाई बैंक सञ्चालक समिति, व्यवस्थापन समिति तथा बैंकमा क्रियाशील ट्रेड युनियनका अध्यक्षहरुबाट बधाई तथा शुभकामना ज्ञापन गरिएको छ। 

चार्टर्ड एकाउन्टेन्ट खनाल यसअघि बैंकको कामु प्रमुख कार्यकारी अधिकृत थिए। विसं २०६४ मा चार्टर्ड एकाउन्टेन्टको रुपमा प्रवेश गरेका खनाल व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा एलएलबी तहको अध्ययन पूरा गरेका छन्।

यसअघि रिक्त रहेको बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा खुला प्रतिस्पर्धाबाट छनोट गरी नियुक्त गर्नका लागि बैंकले गत बैशाख ७ गते  दरखास्त आवेदन माग गरेको थियो।


प्रकाशित : शुक्रबार, जेठ ११ २०८११३:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend