शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

थाई एयरवेज पुन: नेपाल उडानमा फर्किने

images
बिहीबार , जेठ १० २०८१
images
थाई एयरवेज पुन: नेपाल उडानमा फर्किने

थाई एयरवेजले नेपालमा आफ्नो प्रत्यक्ष सेवा पुनः सुरु गरेर दक्षिण एसियाली क्षेत्रमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाएको छ।

images
images

काठमाडौं- थाइल्याण्डको ध्वजावाहक एयरलाइन्स् कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुन: सुरु गरेको छ।

images
images
images

सन् १९६८ मा बैंककदेखि कलकत्ता हुँदै काठमाडौंसम्मको उडानमार्फत नेपालमा आफ्नो वायुसेवा सुरु गरेको थाई एयरवेजले नेपालमा पुन: सेवा सुरु गरेको आधिकारिक रुपमा जानकारी दिएको हो।

images
images

नेपाललाई विश्वसँग जोड्ने र विश्वबजारका यात्रीहरुलाई पनि नेपाल ल्याउने थाई एयरवेजको यो आधा शताब्दी लामो यात्रामा कोभिड महामारीका कारण मार्च २०२२ मा रोकिएको थियो।

images
images

थाई एयरवेजले २९ अक्टोबर २०२३ मा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसलाई नेपालको लागि जेनरल सेल्स एजेन्टको रूपमा नियुक्त गरेर आफ्नो सेवा फेरि सञ्चालन गरेको थियो। हाल थाई एयरवेजले नेपालमा एयरबस ३२० न्यारोबडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ। स्थानीय बजारको अवस्था राम्रोसँग बुझेको सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेज थाई एयरवेजको लागि एक उत्कृष्ट साझेदार बनेको छ। नेपालमा पुन: उडान सुचारु भएको डेढ महिनाभित्रै राम्रो प्रतिक्रिया प्राप्त गरेपछि थाइ एयरवेजले १५ डिसेम्बर २०२३ मा दोस्रो दैनिक उडान सुरु गरेको हो। 

हाल थाई एयरवेजले ६० भन्दा बढी गन्तव्यहरूमा एयरबस ३२० न्यारोबडी एयरक्राफ्ट, ७७७ एयरक्राफ्ट, ड्रीमलाइनर ७८७, र एयरबस ३५० एयरक्राफ्टहरू सञ्चालन गर्दै आएको छ। यी विमानहरू आरामदायी सिटको लागि प्रसिद्ध छन्। 

थाई एयरवेजका डिरेक्टर अफ सेल्स खुन विट किचाथोर्नले वायुसेवा पुःन सुचारुको बारेमा बोल्दै भने, 'काठमाडौं र बैंकक बीचको उडान सेवा पुनः सुरु भएको घोषणा गर्न पाउनु हाम्रो लागि सौभाग्यको कुरा हो। यो सेवाले नेपाललाई थाइल्याण्ड लगाएत विश्वका ३० अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्नेछ। हामीले सन् १९६८ मा नेपालका लागि पहिलो पटक सेवा सुरु गरेदेखि नै हाम्रो यात्रा सांस्कृतिक र आर्थिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने एउटा माध्यम बनेको छ, र हामी यो महत्त्वपूर्ण सम्बन्ध पुनः सुरु गर्न पाउँदा खुसी छौँ।'

सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका एक्जिक्युटिभ चेयरम्यान र आरआर ग्रुप अफ कम्पनीका ग्रुप चेयरम्यान रवि चन्द्र सिंहले भने, 'काठमाडौं र बैंककलाई उडानमार्फत जोड्दै हाम्रो सेवाहरू पुनः सुरु गर्न पाउँदा हामी हर्षित छौँ। सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्य खोज्ने यात्रुहरूका लागि नेपाल सधैँ लोकप्रिय गन्तव्य भएको छ। हाम्रो सेवाहरूले नेपाल र थाइल्याण्ड बीच उडान गर्ने यात्रुहरूलाई सहज र रमाइलो यात्रा अनुभवहरू प्रदान गर्नेछ।'

हाल थाई एयरवेजसँग कूल ७३ विमान छन् जुन औसतमा दैनिक १२.८ घण्टा उडान भर्छन्। थाई एयरवेजले यात्रुहरुलाई विश्वसँग जोड्दै गर्दा लगातार यात्रुहरुको बढ्दो मागलाई सम्बोधन गर्न उडान सञ्चालनको समय तालिका व्यवस्थित गर्छ जसले गर्दा यात्रुहरुले उत्कृष्ट सेवाको लाभ लिन सक्ने कम्पनीले जनाएको छ।

थाई एयरवेजले नेपालमा आफ्नो प्रत्यक्ष सेवा पुनः सुरु गरेर दक्षिण एसियाली क्षेत्रमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाएको छ। थाई एयरवेज थप नेपाली यात्रुहरूलाई थाई आतिथ्यताको न्यानोपन सहित स्वागत गर्न तत्पर रहेको जनाएको छ।

थाई एयरवेजका यात्रुहरूले सिट, समान लगायत आफ्नो आवश्यकताअनुसार थप सेवाहरू खरिद गर्न सक्छन्।


प्रकाशित : बिहीबार , जेठ १० २०८११८:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend