शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

दुर्गा प्रसाईंले निर्माण गरिरहेको ‘होटल एट्रियम’ उद्योगमा दर्ता, २ अर्ब ८४ करोड लगानी हुँदै

images
बिहीबार , जेठ १० २०८१
images
दुर्गा प्रसाईंले निर्माण गरिरहेको ‘होटल एट्रियम’ उद्योगमा दर्ता, २ अर्ब ८४ करोड लगानी हुँदै

२ अर्ब ८४ करोडको लगानी प्रतिबद्धतासँगै उद्योग विभागमा दर्ता भएको छ। होटलमा क्यासिनोसमेत सञ्चालन हुने गरी संरचना निर्माण हुनेछ।

images
images

काठमाडौं- व्यवसायी दुर्गा प्रसाईंको लगानीमा झापामा पाँच तारे होटल निर्माण भइरहेको छ। निर्माण भइरहेको होटलको नाम ‘होटल एट्रियम’ राखिएको छ। निर्माणाधीन होटल उद्योग विभागमा पुसमै दर्ता भइसकेको छ।

images
images
images

होटलको संरचना निर्माणको काम अन्तिम चणमा पुगिसकेको छ। विभागमा होटलमा २ अर्ब ८४ करोडको लगानी प्रतिबद्धतासँगै दर्ता भएको छ। होटलमा १ सय बेड तथा २ सय क्षमताको रेष्टुराँसमेत निर्माण हुनेछ। मेडिकल व्यवसायी प्रसाईंको होटलमा क्यासिनोसमेत सञ्चालन हुने गरी संरचना निर्माण हुनेछ।

images
images
Atrium2.jpg

६ बिघा जमिनमा होटल निर्माण भइरहेको छ। क्यासिनो, बैंक्वेटसहित पाँचतारे होटलमा हुनुपर्ने सम्पूर्ण सेवा तथा सुविधा होटलमा उपलब्ध हुनेछन्। व्यवसायी प्रसाईंले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याउन लागेका हुन्।

images
images

सीमा क्षेत्रबाट नजिक भएकाले होटलमा भारतीय पर्यटकलाई आकर्षित गर्ने लक्ष्य छ।

प्रसाईंले क्यान्सर हस्पिटलसमेत सञ्चालन गरिरहेका छन्। उनले मेडिकल कलेज सञ्चालनका लागि अनुमतिसमेत पाइसकेका छन्। मेडिकल कलेज सञ्चालनका लागि अनुमति नपाएपछि प्रसाईं अदालतसम्म पुगेका थिए। अदालतले उनलाई कलेज सञ्चालनका लागि लाइसेन्स दिने गरी बाटो खुला गरिदिएको छ।


प्रकाशित : बिहीबार , जेठ १० २०८१११:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend