शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

दोस्रो बजारमा महँगोमा कारोबार भइरहेको बोटलर्स नेपालका दुवै कम्पनीको वित्तीय विवरण खस्कँदो

बिहीबार , जेठ १० २०८१
दोस्रो बजारमा महँगोमा कारोबार भइरहेको बोटलर्स नेपालका दुवै कम्पनीको वित्तीय विवरण खस्कँदो

सेयर मूल्य महँगोमा कारोबार भइरहेपनि वित्तीय विवरण खस्कँदो देखिएको छ। यसले आगामी दिनमा सेयर मूल्यमा समेत असर पर्ने देखिएको छ।

काठमाडौं- बोटलर्स नेपालका दुईवटै कम्पनीको वित्तीय विवरण ओरालोतर्फ लागेको छ।

दुईवटै कम्पनीको घाटा उच्चदरमा बढेको हो। बोटलर्स नेपाल लिमिटेड (बालाजु) र बोटलर्स नेपाल (तराई) लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको कम्पनीको खुद नाफा घटेको हो।

दोस्रो बजारमा बोटलर्स नेपाल लिमिटेड (बालाजु) को सेयर मूल्य १५ हजार ४ सय ७६ रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै बोटलर्स नेपाल (तराई) लिमिटेडको सेयर मूल्य १२ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

सेयर मूल्य महँगोमा कारोबार भइरहेता पनि वित्तीय विवरणमा खस्कँदो देखिएको छ। यसले आगामी दिनमा सेयर मूल्यमा समेत असर पर्ने देखिएको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बोटलर्स (बालाजु) ले ३ करोड ५७ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१.१० प्रतिशतले कम हो।

गत आर्थिक वर्षको सोही ९ महिनामा सो कम्पनीले ४० करोड २२ लाख रूपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको सञ्चालन आम्दानी उल्लेख्य घटेसँगै खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ८ अर्ब २१ करोड ८४ लाख रूपैयाँबाट घटेर ७ अर्ब १८ करोड ४३ लाख रूपैयाँमा झरेको छ। त्यस्तै, कम्पनीको कुल नाफा २ अर्ब २८ करोड ७५ लाख रूपैयाँबाट घटेर २ अर्ब ४ करोड ११ लाख रूपैयाँमा सीमित भएको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २७५ रूपैयाँबाट घटेर २४ रूपैयाँ सीमित भएको छ। चैत मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ६९१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ३ हजार २२९ रूपैयाँ रहेको छ। १९ करोड ४८ लाख रूपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ अर्ब ७० करोड ९८ लाख रूपैयाँ सञ्चित छ।

त्यस्तै, चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बोटलर्स (तराई) ले २६ करोड १४ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.५८ प्रतिशत कम हो।

गत आर्थिक वर्षको सोही ९ महिनामा सो कम्पनीले ३६ करोड १० लाख रूपैयाँ खुद नाफा कमाएको थियो। यद्यपि कम्पनीको तेस्रो त्रैमासको नाफा भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

कम्पनीको सञ्चालन आम्दानी उल्लेख्य घटेसँगै खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ९९ करोड ४० लाख रूपैयाँबाट घटेर ५ अर्ब ८१ करोड ३६ लाख रूपैयाँमा झरेको छ।

त्यस्तै, कम्पनीको कुल नाफा १ अर्ब ५८ करोड २६ लाख रूपैयाँ बढेर १ अर्ब ५९ करोड ९१ लाख रूपैयाँ पुगेको छ। कम्पनीको सञ्चालन मुनाफा भने ५८ करोड ८८ लाख रूपैयाँबाट घटेर ४८ करोड ६७ लाख रूपैयाँमा सीमित भएको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३९८ रूपैयाँबाट घटेर २८८ रूपैयाँ सीमित भएको छ। चैत मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ३ हजार ३९७ रूपैयाँ रहेको छ।

१२ करोड १० लाख रूपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ९८ करोड ८९ लाख रूपैयाँ सञ्चित छ।


प्रकाशित : बिहीबार , जेठ १० २०८१११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend