शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

सुधारतर्फ सेयर बजार, बुधबार १५ अंकले बढ्दा ५ अर्ब ६८ करोडको कारोबार

बुधबार, जेठ ९ २०८१
सुधारतर्फ सेयर बजार, बुधबार १५ अंकले बढ्दा ५ अर्ब ६८ करोडको कारोबार

सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै ओरालो गति नै बढी देखिएको बजारले अहिले सुधारतर्फको संकेत गरेको छ।

काठमाडौं- वृद्धितर्फ बढ्न धरमर गरिरहेको सेयर बजार यो साता निरन्तर सुधारतर्फ देखिएको छ। उतारचढावबीच वृद्धितर्फ उन्मुख बजारमा यो साता चौथो कारोबार दिनमा पनि हरियाली छाएको छ।

सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै ओरालो गति नै बढी देखिएको बजारले अहिले सुधारतर्फको संकेत गरेको हो। बुधबार १५.५४ अंकले बढेर बजार २१३१.४९ बिन्दुमा पुगेको छ।

८१ कम्पनीको सेयर मूल्य बढेको बजारमा पाँच अर्ब ६८ करोड ७६ लाख ८० हजार रूपैयाँको कारोबार भएको छ। बुधबार १ सय ६१ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन।

यो साता आइतबार ४५.६९ अंकले बढेको बजार सोमबार २७.५४ अंकले बढेर २०९२.०० बिन्दुमा पुगेको थियो भने मंगलबार २३.९४ अंकले बढेर बजार २११५.९४ बिन्दुमा पुग्दा ५ अर्ब २० करोडको कारोबार भएको थियो।

सेयर बजारमा लगातार ६६.९ अंकको वृद्धिपछि गएको साता बुधबार बजार ओरालो लागेको थियो भने बिहीबार केही थामिएको थियो। यो साता भने पहिलो, दोस्रो, तेस्रो र चौथो कारोबारमा नै हरियाली छाएको हो।

उतारचढावबीच लगातार ओरालो लागिरहेको सेयर बजार अब उल्लेख्य वृद्धितर्फ जाने आशमा लगानीकर्ताहरू रहेका छन्। 

अहिलेको अवस्थामा अब सरकारले लिने नीति, ठूला लगानीकर्ताले लिने बाटो र विश्वासयोग्य वातावरणले थप सुधारको अपेक्षा गर्न सकिने उनीहरूको भनाइ छ। स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न धरमर गरिरहँदा संगठित लगानीकर्ताहरू बजार बढाउने जोडबलमा छन्।

केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन भने सकेको देखिँदैन। अहिलेको वृद्धिपछि भने लगानीकर्ता थप विश्वस्त देखिएका छन्।


प्रकाशित : बुधबार, जेठ ९ २०८११५:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend