शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

होटल सरोवर र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

बुधबार, जेठ ९ २०८१
होटल सरोवर र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

प्रभु बैंकले हाल नेपालभर ३ सय २ शाखा कार्यलयमार्फत ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

पोखरा- पर्यटकीय राजधानी पोखराको लेकसाइडमा अवस्थित होटल सरोवर प्रालि र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकहरुले विशेष छुट पाउने भएका छन्।

मंगलबार छुट्टाछुट्टै समारोहका बीच होटल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतीक पहारी, किङ्गस लाउन्जको तर्फबाट सञ्चालन प्रबन्धक अजय नकर्मी र प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख प्रदेश अधिकृत गण्डकी प्रदेश राजु राना मगरले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। 

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका परिवारले होटल सरोवरमा उपलब्ध सेवाहरु: आवास, खाना, मनोरञ्जन सभाहल र पौडीलगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

यस्तै किङ्गस लाउन्ज पोखरामा उपलब्ध सेवाहरुमा पनि विशेष छुट प्राप्त गर्न सक्नेछन्। प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने बैंकल जनाएको छ।

प्रभु बैंकले हाल नेपालभर ३ सय २ शाखा कार्यालयहरु, २ सय ८५ एटीएमका साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ।


प्रकाशित : बुधबार, जेठ ९ २०८११३:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend