आइतबार, भदौ २३ गते २०८१    
images
images

कामिरिताले बनाए कीर्तिमान : ३०औँ पटक सगरमाथाको शिखरमा

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ ९ २०८१
images
images
कामिरिताले बनाए कीर्तिमान : ३०औँ पटक सगरमाथाको शिखरमा

वसन्त ऋतुको जारी आरोहणमा उनले सगरमाथाको सफल आरोहण गरेर आफ्नै नाममा रहेको कीर्तिमान तोडेका छन्।

images
images

काठमाडौं- कामिरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन्।

images
images
images

सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार कामिरिता आज बुधबार बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेका हुन्। 

'कामिरिता शेर्पाले सगरमाथा शिखमा ३० औँ पटक पाइला टेकेर नयाँ कीतिर्मान कायम गर्नुभएको छ', सगरमाथा आधारशिविरबाट कार्यालय गौतमले भने।

वसन्त ऋतुको जारी आरोहणमा उनले सगरमाथाको सफल आरोहण गरेर आफ्नै नाममा रहेको कीर्तिमान तोडेका छन्।

images

फिल्ड कार्यालय प्रमुख गौतमका अनुसार यो सिजनमा आजसम्म आरोही र शेर्पा सहयोगी गरी ४ सय ६० भन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन्। 

सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शक हुन्। सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामिरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ।

सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा सर्वाधिक आरोहण गर्ने एकमात्र कीर्तिमानी आरोही कामिरिता शेर्पा हुन्। अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका थिए।

गत बैशाख २८ गतेदेखि यो वर्षको आरोहण सुरु भएको हो। आरोहणका लागि ४१ आरोही समूहका ७५ महिला र तीनसय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका छन्। अनुमति लिएकामध्ये ७५ प्रतिशतले सफल आरोहण गरेका जनाइएको छ।


प्रकाशित : बुधबार, जेठ ९ २०८१०९:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend