शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

महालक्ष्मी विकास बैंकद्वारा स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण

मंगलबार, जेठ ८ २०८१
महालक्ष्मी विकास बैंकद्वारा स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण

ग्राहकको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले गरेको छ।

काठमाडौं- महालक्ष्मी विकास बैंकले श्री नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा अध्ययनरत छात्र सन्तोषकुमार मण्डल छात्रवृत्ति प्रदान गरेको छ। बैंकले ३०औँ वार्षिकोत्सवको अवसर पारेर कक्षा दश अध्ययनका लागि विद्यार्थी मण्डललाई स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको हो।

विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था तत्कालीन मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व. लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा स्थापित स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठका छोरा तथा मनकामना दर्शन प्रालिका निर्देशक राजेशबाबु क्षेष्ठले विद्यालयका पदाधिकारीहरु र बैंक व्यवस्थापनको रोहबरमा छात्र मण्डललाई हस्तान्तरण गरेका हुन्।

अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले रु.पचास हजार बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ।

उक्त कार्यक्रममा बोल्दै राजेशबाबु श्रेष्ठले नेपालमै अवसरहरु रहेको र देशमा उत्पादित जनशक्तिले आफ्नै देशमा रहेर देशको लागि योगदान पुर्‍याउनुपर्ने विचार व्यक्त गरे। साथै बैंकका प्रमुख कार्यकारी अधिकृतले बैंकले आगामी दिनहरुमा छात्रवृत्तिका कार्यक्रमहरुलाई परिमार्जित गर्दै शिक्षा क्षेत्रमा थप टेवा पुर्‍याउने कुरा बताए।

आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने बैंकले जनाएको छ। साथै ग्राहकको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले गरेको छ।


प्रकाशित : मंगलबार, जेठ ८ २०८११८:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend