शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

लगातार उकालो लाग्दै सेयर बजार, विश्वस्त हुँदै छन् लगानीकर्ता

images
मंगलबार, जेठ ८ २०८१
images
images
लगातार उकालो लाग्दै सेयर बजार, विश्वस्त हुँदै छन् लगानीकर्ता
images
images

काठमाडौं- सेयर बजारमा यो साता लगातार तीन कारोबार हरियालीतर्फ देखिएको छ। वृद्धितर्फ बढ्न धरमर गरिएको बजार यो साता निरन्तर सुधारतर्फ देखिएको छ।  

images
images
images

सेयर बजारमा लगातार ६६.९ अंकको वृद्धिपछि गएको साता बुधबार बजार ओरालो लागेको थियो भने बिहीबार केही थामिएको थियो। यो साता भने पहिलो, दोस्रो र तेस्रो कारोबारमा नै हरियाली छाएको हो।

आइतबार ४५.६९ अंकले बढेको बजार सोमबार २७.५४ अंकले बढेर २०९२.०० बिन्दुमा पुगेको थियो। मंगलबार २३.९४ अंकले बढेर बजार २११५.९४ बिन्दुमा पुगेको छ। १९४ कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब २० करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ।

images

उतारचढावबीच ओरालो लागिरहेको सेयर बजारमा हरियाली देखिएको हो। गएको साता आइतबार ८.२६ अंकले बढेको बजार सोमबार २४.३९ अंकले र मंगलबार २८.६२ अंकले बढेको थियो। बुधबार भने बजार ९.५४ अंकले घटेको थियो। बिहीबार ०.७९ अंकले बढेको थियो। 

images

सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै ओरालो गति नै बढी देखिएको बजारले अहिले सुधारतर्फको संकेत गरेको छ। उतारचढावबीच लगातार ओरालो लागिरहेको सेयर बजार अब उल्लेख्य वृद्धितर्फ जाने आशमा लगानीकर्ताहरू रहेका छन्। 

अहिलेको अवस्थामा अब सरकारले लिने नीति, ठूला लगानीकर्ताले लिने बाटो र विश्वासयोग्य वातावरणले थप सुधारको अपेक्षा गर्न सकिने उनीहरूको भनाइ छ। 

स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न धरमर गरिरहँदा संगठित लगानीकर्ताहरू बजार बढाउने जोडबलमा छन्। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन भने सकेको देखिँदैन। अहिलेको वृद्धिपछि भने लगानीकर्ता थप विश्वस्त देखिएका छन्। 


प्रकाशित : मंगलबार, जेठ ८ २०८११५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend