शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

महालक्ष्मी विकास बैंकको ३०औँ वार्षिकोत्सव सम्पन्न

सोमबार, जेठ ७ २०८१
महालक्ष्मी विकास बैंकको ३०औँ वार्षिकोत्सव सम्पन्न

महालक्ष्मी बैंकले आफ्ना देशभर रहेका १ सय ३ वटा शाखा कार्यालयहरुमार्फत ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा दिइरहेको छ।

काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेडको ३०औँ वार्षिकोत्सव सम्पन्न भएको छ।

देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले वार्षिकोत्सको अवसरमा वित्तीय साक्षरता र्‍याली तथा आफ्ना ८ वटा शाखाहरुमार्फत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

साथै स्वास्थ्य तथा आँखा शिविर, महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग- २०२४, श्रृङ्खला ३ लगायत विभिन्न कार्यक्रमहरु गरिने बैंकले जनाएको छ। बैंकले सेयरधनीहरु, ग्राहकवर्ग, नियामक निकाय एवं शुभचिन्तकप्रति कृतज्ञतासमेत व्यक्त गरेको छ।

बैंकले वार्षिकोत्सवको अवसरमा जेठ ६ गते, आइतबार आठ शाखा कार्यालयमार्फत रक्तदान कार्यक्रम सम्पन्न गरी कुल २ सय ९५ पिन्ट रगत संकलन गरेको थियो। स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले ३०औँ वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सञ्चालन गरेको हो।

त्यस्तै केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा जेठ ५ को बिहान ७:३० देखि ८:३० बजेसम्म वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ सेवाहरु: मोबाइल बैंकिङ, स्मार्ट क्यूआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो ।

बैंकले जेठ ७ गते, सोमबार केन्द्रीय, प्रादेशिक तथा शाखा कार्यालयहरुमार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानीय भेषभूषामा बैंकमा उपस्थित गराएर साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

त्यसैगरी बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा जेठ ८ गते स्वास्थ्य शिविर र जेठ ९ गते आँखा शिविर सञ्चालन गरिनेछ भने विगत २ वर्षदेखि सुरुवात गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको तेस्रो श्रृङ्खला (महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग- २०२४, श्रृङखला ३) १६ टिमको सहभागितामा जेठ २२, २३ र २४ गते सञ्चालन गरिने बैंकले जनाएको छ।

विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी बैंकले आफ्ना देशभर रहेका १ सय ३ वटा शाखा कार्यालयहरुमार्फत ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा दिइरहेको छ।


प्रकाशित : सोमबार, जेठ ७ २०८११८:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend