शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

लगातार वृद्धितर्फ सेयर बजार, कारोबार रकम पनि बढ्दो

सोमबार, जेठ ७ २०८१
लगातार वृद्धितर्फ सेयर बजार, कारोबार रकम पनि बढ्दो

काठमाडौं- सेयर बजारमा यो साता लगातार दुई कारोबार हरियालीतर्फ देखिएको छ। वृद्धितर्फ बढ्न धरमर गरिएको बजार यो साता निरन्तर सुधारतर्फ देखिएको छ।  

सेयर बजारमा लगातार ६६.९ अंकको वृद्धिपछि गएको साता बुधबार बजार ओरालो लागेको थियो भने बिहीबार केही थामिएको थियो। यो साता भने पहिलो र दोस्रो कारोबारमा नै हरियाली छाएको हो।

आइतबार ४५.६९ अंकले बढेको बजार सोमबार २७.५४ अंकले बढेर २०९२.०० बिन्दुमा पुगेको छ। १३४ कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार रुपैयाँको कारोबार भएको छ। १०७ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।    

उतारचढावबीच ओरालो लागिरहेको सेयर बजारमा हरियाली देखिएको हो। गएको साता आइतबार ८.२६ अंकले बढेको बजार सोमबार २४.३९ अंकले र मंगलबार २८.६२ अंकले बढेको थियो। बुधबार भने बजार ९.५४ अंकले घटेको थियो। बिहीबार ०.७९ अंकले बढेको थियो। 

सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै ओरालो गति नै बढी देखिएको बजारले अहिले सुधारतर्फको संकेत गरेको छ। उतारचढावबीच लगातार ओरालो लागिरहेको सेयर बजार अब उल्लेख्य वृद्धितर्फ जाने आशमा लगानीकर्ताहरू रहेका छन्। 

अहिलेको अवस्थामा अब सरकारले लिने नीति, ठूला लगानीकर्ताले लिने बाटो र विश्वासयोग्य वातावरणले थप सुधारको अपेक्षा गर्न सकिने उनीहरूको भनाइ छ। 

स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न धरमर गरिरहँदा संगठित लगानीकर्ताहरू बजार बढाउने जोडबलमा छन्। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन भने सकेको देखिँदैन।


प्रकाशित : सोमबार, जेठ ७ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend