शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होममा १० प्रतिशतसम्म छुट

आइतबार, जेठ ६ २०८१
कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होममा १० प्रतिशतसम्म छुट

आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ।

काठमाडौं- कुमारी बैंक लिमिटेड र भक्तपुर दरबार क्षेत्रस्थित होटल भिन्टेज होमबीच छुट प्रदानसम्बन्धी सम्झौता भएको छ।

बैंकका ग्राहकले यस होटलका विभिन्न सेवासुविधामा विशेष छुट पाउनेगरी सम्झौता भएको बैंकले जनाएको छ।

यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरुले यस होटलबाट सेवा लिएबापत गनुपर्ने कुनै पनि भुक्तानी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरद्वारा गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

यस सुविधाबाट ग्राहकहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अहिलेको आर्थिक अवस्थामा आफ्ना ग्राहकहरुलाई सहज प्रक्रियाबाट पाउन सकिने छुटले प्रोत्साहन गर्नुका साथै आर्थिक अवस्थालाई सुदृढ पार्न मद्दत गर्ने बैंकको विश्वास छ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १४ एटीएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखारहित बैंकिङ इकाइहरुमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ जनाएको छ।

आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ।


प्रकाशित : आइतबार, जेठ ६ २०८११९:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend