शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

कामना सेवा र एफवान सफ्टबीच सम्झौता, बैंकका ग्राहकलाई स्मार्टफोन जित्ने अवसर

आइतबार, जेठ ६ २०८१
कामना सेवा र एफवान सफ्टबीच सम्झौता, बैंकका ग्राहकलाई स्मार्टफोन जित्ने अवसर

त्यस्तै कारोबार गर्ने ग्राहकहरुमध्ये एकजना लक्की विजेताले बम्पर पुरस्कार स्मार्टफोन जित्न सक्ने बैंकले जनाएको छ।

काठमाडौं- कामना सेवा विकास बैंक र एफवान सफ्ट इन्टरनेशनल प्रालिबीच बैंकका ग्राहकहरुलाई लक्षित गरी विभिन्न योजनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।

सो सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकको मोबाइल बैंकिङमा रजिष्टर गरी कुनै पनि रकमको टपअप गर्नेमध्ये भाग्यशाली ५० जना ग्राहकहरुले ५० रूपैयाँको टपअप जित्न सक्नेछन्।

यो अफर नयाँ ग्राहकहरुलाई मात्र मान्य हुने बैंकले जनाएको छ।

त्यसैगरी ग्राहकहरुले न्यूनतम एक सय रूपैयाँको टपअपमा वा कुनै पनि डाटा प्याक खरिद गर्दा २ जना भाग्यशाली विजेताले लक्की ड्र मार्फत एयरबड्स जित्न सक्नेछन्। यो अफर भने नयाँ तथा पुराना ग्राहकहरु दुवैलाई मान्य हुनेछ।

त्यस्तै कारोबार गर्ने ग्राहकहरुमध्ये एकजना लक्की विजेताले बम्पर पुरस्कार स्मार्टफोन जित्न सक्ने बैंकले जनाएको छ।

यो योजना जेठ मसान्तभर लागु हुने बैंकले जानकारी दिएको छ।

बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटीएम वुथमार्फत बैंकिङ सुविधा प्रदान गरिरहेको छ।


प्रकाशित : आइतबार, जेठ ६ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend