आइतबार, भदौ २३ गते २०८१    
images
images

सेयर बजारमा देखियो व्यापक हरियाली, अब मिल्ला आम लगानीकर्ताको साथ?

images
आइतबार, जेठ ६ २०८१
images
images
सेयर बजारमा देखियो व्यापक हरियाली, अब मिल्ला आम लगानीकर्ताको साथ?
images
images

काठमाडौं- सेयर बजारमा यो साता पहिलो कारोबार नै हरियालीतर्फ लागेको छ। वृद्धितर्फ बढ्न धरमर गरिएको बजारमा यो साता सुधारतर्फको संकेत देखिएको छ।  

images
images
images

सेयर बजारमा लगातार ६६.९ अंकको वृद्धिपछि गएको साता बुधबार बजार ओरालो लागेको थियो भने बिहीबार केही थामिएको थियो। यो साता भने पहिलो कारोबार नै हरियाली छाएको हो।

आइतबार ४५.६९ अंकले बढेर सेयर बजार २०६४.४५ बिन्दुमा पुगेको छ। जहाँ ५ अर्ब २५ करोड रुपैयाँको कारोबार भएको छ। 

उतारचढावबीच ओरालो लागिरहेको सेयर बजारमा हरियाली देखिएको हो। गएको साता आइतबार ८.२६ अंकले बढेको बजार सोमबार २४.३९ अंकले र मंगलबार २८.६२ अंकले बढेको थियो। बुधबार भने बजार ९.५४ अंकले घटेको थियो। बिहीबार ०.७९ अंकले बढेको थियो। 

images

सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै ओरालो गति नै बढी देखिएको बजारले अहिले सुधारतर्फको संकेत गरेको छ। उतारचढावबीच लगातार ओरालो लागिरहेको सेयर बजार अब उल्लेख्य वृद्धितर्फ जाने आशमा लगानीकर्ताहरू रहेका छन्। 

अहिलेको अवस्थामा अब सरकारले लिने नीति, ठूला लगानीकर्ताले लिने बाटो र विश्वासयोग्य वातावरणले मात्र थप सुधारको अपेक्षा गर्न सकिने उनीहरूको भनाइ छ। 

स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न धरमर गरिरहँदा संगठित लगानीकर्ताहरू बजार बढाउने जोडबलमा छन्। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन भने सकेको देखिँदैन।


प्रकाशित : आइतबार, जेठ ६ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend