शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

ग्लोबल आईएमई बैंक र साइमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने

आइतबार, जेठ ६ २०८१
ग्लोबल आईएमई बैंक र साइमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने

मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको बैंकले ४६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेड र साइमेक्स इंक प्रालिबीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। 

उक्त समझदारी अनुसार साइमेक्स इंक तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने बीवाईडी ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न चाहनेले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपश्चात नियमानुसार बैंकले उचित ठहर्‍याएका ग्राहकलाई ३ कार्यदिन भित्र सहजरुपमा सवारी साधन कर्जा प्रवाह गर्नेछ। 

उक्त समझदारी पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र साइमेक्सका तर्फबाट सेल्स तथा सोरुम म्यानेजर सन्ध्या श्रेष्ठले हस्ताक्षर गरेका छन्।

ग्रीन फाइनान्सिङ प्रवर्द्धन गर्न बैंकले व्यक्तिगत प्रयोजनका सवारी साधनलाई न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको बैंकले जनाएको छ।

मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको बैंकले ३ सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटीएम, २ सय ७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको जनाएको छ।


प्रकाशित : आइतबार, जेठ ६ २०८१११:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend