आइतबार, भदौ २३ गते २०८१    
images
images

गुमेको पाँचतारे स्तर फिर्ताका लागि दि एभरेष्ट होटलले गर्‍यो ईआईए

तत्कालका लागि नयाँ लगानी नथपिने

images
शनिबार, जेठ ५ २०८१
images
images
गुमेको पाँचतारे स्तर फिर्ताका लागि दि एभरेष्ट होटलले गर्‍यो ईआईए

होटलले पछिल्लो ३ वर्षमै १७ हजार ९ सय ७८ जनालाई सेवा दिएको छ। जसमा सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन्।

images
images

काठमाडौं- गुमेको पाँचतारे स्तर फिर्ताका लागि दि एभरेष्ट होटलले वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट (ईआईए) तयार पारेको छ। रिपोर्ट वन तथा वातावरण मन्त्रालयले सात दिनको समय दिएर राय सुझावका लागि सार्वजनिक गरेको छ।

images
images
images

२०४२ सालमा पाँचतारे स्तरको प्रमाण पाएको एभरेष्ट होटललाई पर्यटन विभागले २०८० पुस २६ मा सार्वजनिक गरेको पाँचतारे तथा पाँचतारे डिलक्स होटलको सूचीबाट हटाएको थियो। अब होटलले तयार पारेको रिपोर्ट स्वीकृत भएपछि पाँचतारे स्तरमा नवीकरण हुनेछ र विभागले समेत पाँचतारे होटलको सूचीमा समावेश गर्ने छ।

एक वर्षअघि विभागले पाँचतारेको प्रमाण पत्र लिए पनि इजाजत नवीकरणमा आवश्यक प्रक्रिया पूरा गर्न नसक्दा एभरेष्ट होटललाई पाँचतारे स्तरको होटलको सूचीबाट हटाउँदै सबै प्रक्रिया पूरा गरेर इजाजत नवीकरणपछि भने पाँचतारे होटलको सूचीमा समावेश गर्ने जनाएको थियो।

२०७४ सालमै १०० बेडभन्दा माथिका होटल तथा रिसोर्टले अनिवार्य रुपमा वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने पर्यटन विभागले सूचना जारी गरेको थियो। त्यसभन्दा अगाडि बनेका तथा २०५३ सालभन्दा अगाडि नै बनेका होटलले पनि अनिवार्य रुपमा वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने नियम लागु गरेको थियो।

images

तर एभरेष्ट होटलेले वातावरणीय प्रभाव मूल्यांकन तथा कानूनी प्रक्रिया पूरा गर्न सकेको थिएन। वातवारण प्रभाव मूल्यांकन नगरेकै कारण होटलको पाँचतारे प्रमाण तथा इजाजात नवीकरण हुन सकेको थिएन। 

गुमेको पाँचतारे स्तरको प्रमाण पत्र नवीकरणकै लागि होटलले ईआईए तयार पारेको हो। 

काठमाडौं महानगरपालिका वडा नम्बर १० मा रहेको एभरेष्ट होटल २०३८ सालदेखि सञ्चालनमा छ। २०७२ को भूकम्पपछि भवनमा परेको क्षति तथा पारिवारिक सेयर लफडाका कारण होटल ४ वर्षसम्म बन्द भएको थियो।

भूकम्पपछि बन्द होटल २०७६ असोजदेखि पुन: सञ्चालनमा छ। होटलमा १ सय ६० वटा रुम तथा २ सय ५२ वटा बेड छन्।

होटलले दैनिक २ लाख ७५ हजार लिटर भूमिगत पानी प्रयोग गरिरहेको छ। 

३ वर्षमै होटलले दियो १७ हजारभन्दा बढीलाई सेवा

होटलले पछिल्लो ३ वर्षमै १७ हजार ९ सय ७८ जनालाई सेवा दिएको छ। जसमा सबैभन्दा बढी भारतीय पर्यटक छन्।

२०२३ मा होटलमा आउने मध्ये ४२ प्रतिशत भारतीय पर्यटक छन् भने २० प्रतिशत नेपाली र ३९ प्रतिशत विभिन्न देशका छन्।

होटलले सन् २०२१ मा २ हजार १ सय ९ जनालाई सेवा दिएको थियो। यसैगरी २०२२ मा ५ हजार ८ सय ९६ र सन् २०२३ मा ९ हजार ९ सय ७३ जनालाई सेवा दिएको होटलले जनाएको छ। 


प्रकाशित : शनिबार, जेठ ५ २०८११८:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend