शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटक बढे

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ४ २०८१
images
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटक बढे

१० महिनामा एक लाख ६१ हजार आठ सय २७ नेपालीले भ्रमण गरेका छन्। जसमध्ये सार्क मुलुकका २६ हजार चार सय ६१ र तेस्रो मुलुकका ८४ हजार छ सय ५४ जना रहेका छन्।

images
images

चितवन- चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। तेस्रो मुलुकका पर्यटकको सङ्ख्या वृद्धि भएको निकुञ्ज कार्यालयले जनाएको छ। 

images
images
images

चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म दुई लाख ७२ हजार नौ सय ४२ पर्यटकले निकुञ्ज क्षेत्र अवलोकन गरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। 

images
images

१० महिनामा एक लाख ६१ हजार आठ सय २७ नेपालीले भ्रमण गरेका छन्। जसमध्ये सार्क मुलुकका २६ हजार चार सय ६१ र तेस्रो मुलुकका ८४ हजार छ सय ५४ जना रहेका छन्।

images
images

गत आवमा दुई लाख ९९ हजार चार सय १२ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका तिवारीले बताए। जसमध्ये तेस्रो देशका ५५ हजार आठ सय ७२ र सार्कका ३७ हजार नौ सय ३५ थिए। नेपालीको सङ्ख्या दुई लाख पाँच हजार छ सय पाँच थियो। 

'कोभिडपछि विदेशी पर्यटकको आगमनमा कमी आएको थियो। क्रमशः विदेशीको सङ्ख्या बढ्दै गएको छ। देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा चितवन राष्ट्रिय निकुञ्जलाई लिने गरिन्छ', सूचना अधिकारी तिवारीले भने। विदेशी पर्यटक सफारी पर्यटनका लागि यहाँ आउने गर्दछन्। दुर्लभ एक सिङ्गे गैँडा, पाटे बाघलगायत वन्यजन्तु, चराचुरुङ्गी, जलचर अवलोकनका लागि पर्यटक यहाँ आउने गर्दछन्। 

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ। निकुञ्जका केही प्रवेशद्वार महानगरतर्फ पनि छन्। महानगरले स्वदेश तथा विदेशमा समेत भ्रमण वर्षको प्रचारप्रसार गरिरहेको छ। रासस


प्रकाशित : शुक्रबार, जेठ ४ २०८११६:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend