शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

घरजग्गा कर्जामा राष्ट्र बैंक लचक, आम्दानीको ७० प्रतिशतसम्म कर्जा लिन पाइने

शुक्रबार, जेठ ४ २०८१
घरजग्गा कर्जामा राष्ट्र बैंक लचक, आम्दानीको ७० प्रतिशतसम्म कर्जा लिन पाइने

यस्तो शीर्षकमा कर्जा प्रवाह दिँदा ऋणीको कुल आम्दानीको ५० प्रतिशतका आधारमा ईएमआई निर्धारण गरिन्थ्यो। अब उक्त अनुपात बढाएर ७० प्रतिशत पुर्‍याइएको छ।

काठमाडौं- घरजग्गा खरिद-बिक्रीलाई राष्ट्र बैंकले सहजीकरण गरिदिएको छ। घरजग्गा खरिदका लागि लिएको कर्जा तिर्दा हेरिने आम्दानीको अनुपात राष्ट्र बैंकले ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्‍याएको छ।

राष्ट्र बैंकले घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपात (डेब्ट सर्भिस टू ग्रस इनकम रेसियो) लाई सहजीकरण गरी कर चुक्त प्रमाण पेस गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने व्यवस्था ल्याएको हो। 

यस्तो शीर्षकमा कर्जा प्रवाह दिँदा ऋणीको कुल आम्दानीको ५० प्रतिशतका आधारमा ईएमआई निर्धारण गरिन्थ्यो। अब उक्त अनुपात बढाएर ७० प्रतिशत पुर्‍याइएको छ।

उदारणका लागि विगतमा १ लाख आम्दानी भएका ऋणीले ५० हजार मात्रै कर्जा भुक्तानीका लागि गणना गरेर कर्जा दिने व्यवस्था थियो।मौद्रिक समीक्षाको नयाँ व्यवस्थापश्चात १ लाख आम्दानी भएका ऋणीहरूले ७० हजारलाई ऋणयोग्य आम्दानीको रुपमा गणना गरी बैंकहरूले कर्जा दिन सक्नेछन्।

राष्ट्र बैंकको यस व्यवस्थापश्चात बैंकिङ प्रणालीबाट २ करोड रुपैयाँसम्मको घर जग्गा खरिद बढ्ने देखिएको छ। यस व्यवस्थाले राम्रो आम्दानी भएकाहरूका लागि घरजग्गा खरिद सहज भएको छ।

राष्ट्र बैंकको यस व्यवस्थाले घरजग्गा क्षेत्रमा ठूलो मात्रामा भने कर्जा नबढ्ने बैंकर्स बताउँछन्। बैंकहरूले ऋणीको आम्दानीको करचुक्ता प्रमाणपत्र लिएरमात्रै उक्त कर्जा दिन पाउने छन्।


प्रकाशित : शुक्रबार, जेठ ४ २०८११२:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend