शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

हायरपर्चेजको जोखिमभार घट्दा बैंकहरूको पुँजीकोषमा ३ अर्ब* को राहत

शुक्रबार, जेठ ४ २०८१
हायरपर्चेजको जोखिमभार घट्दा बैंकहरूको पुँजीकोषमा ३ अर्ब* को राहत

काठमाडौं- राष्ट्र बैंकले हायरपर्चेजको जोखिमभार घटाएसँगै बैंकहरूको पुँजीकोषमा करिब ३ अर्बको राहत पुग्ने राष्ट्र बैंकले जनाएको छ। बैंकहरूले करिब १ खर्ब ३२ अर्ब रुपैयाँ हायरपर्चेज क्षेत्रमा कर्जा लगानी गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक मौद्रिक समीक्षामार्फत हायरपर्चेजको जोखिमभार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरिएकाले बैंकहरूको प्राथमिक पुँजीमा उक्त रकमको राहत पुग्ने देखिएको हो। 

यद्यपी राष्ट्र बैंकले २५ लाखभन्दा माथिको अटोलोन वा हायरपर्चेज कर्जामा मात्रै जोखिमभार घट्ने बताएको छ। राष्ट्र बैंकको यस व्यवस्थाले बैंकहरूको पुँजीकोषमा ०.०१ प्रतिशतले दबाब कम हुने बैंकर्स बताउँछन्।

राष्ट्र बैंकको यस व्यवस्थाले सवारी साधानको आयात तथा बिक्री वितरण बढ्ने अनुमान गरिएको छ। जोखिमभार घटेसँगै बैंक वित्तीय क्षेत्रले यस क्षेत्रमा कर्जा लगानी बढाउनेछन् भने ईएमआई पनि कम हुनेछ।

*यसअघि ३३ अर्ब भएकोमा सच्याइएको


प्रकाशित : शुक्रबार, जेठ ४ २०८१११:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend