शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

आर्थिक वृद्धिदरको लक्ष्य पूरा नहुने यी पाँच कारण

शुक्रबार, जेठ ४ २०८१
आर्थिक वृद्धिदरको लक्ष्य पूरा नहुने यी पाँच कारण

काठमाडौं- सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको भए पनि त्यो पूरा नहुने देखिएको छ। 

नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै आर्थिक वृद्धिदर कम नै रहने द‍ेखिएको जनाएको छ।

मुख्यत: घरजग्गा कारोबारमा देखिएको शिथिलता र सहकारी क्षेत्रमा देखिएका समस्याका कारण आर्थिक वृद्धिदरको लक्ष्यमा असर गरेको राष्ट्र बैंकले जनाएको छ।

साथै राष्ट्र बैंकले पुँजीगत खर्च अपेक्षित विस्तार हुन नसकेको अवस्था तथा उल्लेख्य संख्यामा युवा वैदेशिक रोजगारी र अध्ययनको लागि विदेश जानुलगायतका कारणले आन्तरिक मागमा अपेक्षित विस्तार हुन नसकेको स्थिति रहेको जनाएको छ।

यसले गर्दा नेपालको समग्र आर्थिक वृद्धिदर कम नै रहने देखिएको तेस्रो त्रैमासिक समीक्षामा उल्लेख छ।


प्रकाशित : शुक्रबार, जेठ ४ २०८१११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend