शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक : हायरपर्चेज कर्जाको जोखिमभार र असल कर्जाको प्रोभिजनिङ घट्यो

शुक्रबार, जेठ ४ २०८१
मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक : हायरपर्चेज कर्जाको जोखिमभार र असल कर्जाको प्रोभिजनिङ घट्यो

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। समीक्षामार्फत राष्ट्र बैंकले हार्यरपर्चेज कर्जाको जोखिमभार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारेको छ। 

यस्तै राष्ट्र बैंकले बैंकहरूको वित्तीय विवरण सहजीकरण गर्ने उद्देश्यले असल कर्जाको कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाएर १.२० प्रतिशतमा झारेको छ।

यस्तै घरजग्गा खरिदलाई सहजीकरण गर्ने उद्दश्यले राष्ट्र बैंकले ऋण भुक्तानी, आम्दानी अनुपातमा सहजीकरण गरेको छ। कर चुक्ता प्रमाण पेश गरी ७० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ। विगतमा ५० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था रहेको थियो। 

यस्तै बैंक वित्तीय संस्थाहरूको एक वर्ष व्यतित भइसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशतसम्म लगानी बिक्री गर्न पाउने व्यवस्था गरेको छ। यस व्यवस्थामार्फत बैंकहरूको घरजग्गा तथा सेयरमा गरेको लगानी बिक्री गर्नका लागि मद्दत गर्ने देखिएको छ। 

 


प्रकाशित : शुक्रबार, जेठ ४ २०८११०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend