शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

थामियो उतारचढावपूर्ण सेयर बजार, आउने साता के होला?

बिहीबार , जेठ ३ २०८१
थामियो उतारचढावपूर्ण सेयर बजार, आउने साता के होला?

काठमाडौं- लगातार ६६.९ अंकको वृद्धिपछि ओरालो लागेको सेयर बजार केही थामिएको छ। सेयर बजारमा गएको साताको अन्तिम कारोबार र यो साता लगातार तीन कारोबारको वृद्धिपछि बुधबार बजार ओरालो लागेको थियो। बिहीबार भने बजार थामिएको छ।

बिहीबार ०.७९ अंकले बढेर बजार २०१८.७६ बिन्दुमा पुगेको छ। १०३ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब २३ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ। १३९ कम्पनीको सेयर मूल्य घटेको छ भने तीन कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

उतारचढावबीच ओरालो लागिरहेको सेयर बजारमा लगातार हरियाली देखिइरहँदा अहिले बजार घटेको छ। यो साता पहिलो कारोबारमा आइतबार सामान्य वृद्धि देखिएको बजारमा दोस्रो कारोबारमा सोमबार दोहोरो अंकको वृद्धि देखिएको थियो। मंगलबार पनि बजार उल्लेख्य वृद्धितर्फ लागेको थियो।  

यो साता आइतबार ८.२६ अंकले बढेको बजार सोमबार २४.३९ अंकले र मंगलबार २८.६२ अंकले बढेको थियो। बुधबार भने बजार ९.५४ अंकले घटेको थियो। 

सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै ओरालो गति नै बढी देखिएको बजार चार कारोबारको वृद्धिपछि पुन: ओरालो लागेको हो। उतारचढावबीच लगातार ओरालो लागिरहेको सेयर बजार उल्लेख्य वृद्धितर्फ जाने आशमा लगानीकर्ताहरू नीतिगत साथ पर्खिरहेका छन्। 

अहिलेको अवस्थामा अब सरकारले लिने नीति, ठूला लगानीकर्ताले लिने बाटो र विश्वासयोग्य वातावरणले मात्र थप सुधारको अपेक्षा गर्न सकिने उनीहरूको भनाइ छ। आउने साता पनि बजार उतारचढावकै स्थितिमा देखिने उनीहरूको भनाइ छ। 

स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न धरमर गरिरहेको छ। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन भने सकेको देखिँदैन।


प्रकाशित : बिहीबार , जेठ ३ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend